News Category 2081/07/11
ठेकेदार नै भागेपछी इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ जना भारतीय मजदुर अलपत्र
दैनिक समाचारदाता
राजविराज, ११ कात्तिक ।
सप्तरीको बिष्णुपुर गाउँपालिका ५ मलेकपुरस्थित सीता इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ जना भारतीय मजदुर अलपत्र परेका छन । उनीहरु अहिले राजविराज नगरपालिका वडा नं. ३ स्थित कल्टुपोखरी नजिकै निर्माणाधीन वडा कार्यालय भवनमा अलपत्र अवस्थामा छन ।
भारतको उत्तर प्रदेशस्थित सम्भल जिल्लाबाट १५ दिन अगाडी सीता इँटा उद्योगमा काम गर्न ल्याइएको थियो । उनीहरुलाई ल्याएका ठेकेदार नै भागेपछि अलपत्र परेका हुन् ।
भारतको उतर प्रदेश जिल्ला सम्भल थाना हजरनगरगढी बस्ने सोनु सागरले १२ दिन जसो त्यसो मलेकपुरस्थित सीता इँटा उद्योगमा बसेको तर अहिले सम्म ठेकेदार सम्पर्कमा नआएपछी अलपत्रमा परेको जानकारी दिएका छन् ।
उनले भने “भारतबाट नै हामीलाई त्यहीका मो. जाकिर मियाँ नाम गरेको ठेकेदारले इँटा भट्टामा काम गर्न ल्याएको तर उनी नै सम्पर्कबिहीन भएपछि हामीहरु अहिले कहाँ जाने केही थाहा छैन ।”
“इँटा उद्योगमा १२ दिन बस्यो तर मालिकले खाना खान दिन छाडेपछि तीन दिनदेखि राजविराजमा बसेर भौकै छौं ।” अर्का मजदुर बोहरा सिँहले भने, “हामीसँग खाने पैसा छैन, घर कसरी फर्कने भने चिन्ता लागेको छ, कुनै उपाय छ भने सहयोगका लागि सबैसँग आग्रह गर्दछु ।”
अन्य मजदुरहरुसगै इँटा उद्योगमा काम गर्न पाँच जना छोराछोरी र बालबच्चा समेत आएकी बुधियादेवीले भनीन्, “ठेकेदारले नै छाडेर अलपत्र पारेपछि अब कहाँ जाने, बालबच्चा र महिलासहित भोकभोकै बस्न बाध्य छौं ।”
यता जिल्ला प्रहरी कार्यालयले सीता इँटा उद्योगमा कार्यरत मजदुरका ११ बालबालिका, १५ महिलासहित ४४ जना भारतीय मजदुरको उद्धार गरेको छ । प्रहरीबाट उद्धार गरिएर सदरमुकाम राजविराज ल्याइएका उनीहरु इँटा ब्यवसायिहरुले खाना खुवाइरहेका छन ।
सप्तरीका प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले मजदुरहरुलाई भारत फर्काउने प्रयास तथा फरार ठेकेदारको खोजि कार्य भइरहेको जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ