News Category 2081/07/11
तलब माग्दै पालिकाका सबै शिक्षकहरुद्वारा गेट अगाडी धर्ना, सात हजार ८ सय ७३ विद्यार्थी पठनपाठनबाट बञ्चित
दैनिक समाचारदाता
राजविराज, ११ कात्तिक ।
तीन महिनादेखी तलब भत्ता नपाएको भन्दै सप्तरीको हुनमाननगर कंकालिनी नगरपालिकाका सम्पूर्ण विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् ।
आइतबार बिहान १० बजेदेखी पालिका कार्यालय अगाडी शिक्षकहरु अनिश्चितकालिन धर्नामा बसेका छन् । जसकारण पालिका भरिका ३० वटा विद्यालयका ७ हजार ८ सय ७३ विद्यार्थीहरु पठनपाठनबाट बञ्चित भएका छन् ।
चाड पर्वको मुखमा समेत काम गरेको तलब पाउन नसक्दा घर व्यवहार चलाउन समस्या भएको भन्दै सो पालिकाका ५ वटा मावि गरि ३० वटा विद्यालयका २ सय २० शिक्षकहरु आन्दोलित भएका हुन् ।
गठित संघर्ष समितिका संयोजक अशोक कुमार यादवले भने, “चालु आ.ब. को साउनदेखी असोज महिनासम्मको तलब भत्ता नपाउँदा भस्पनि नेपालीहरुको महान चाड दसैं जसोतसो ऋण लिएर काट्यौं, तर अब दोश्रो चाड तिहारको मुखमा पनि तलब पाउन नसकिए पुरानो ऋण चुक्ता नगरेको बेला पुनः ऋण दिन पनि कोही नमानेकोले पीडा भएको छ ।” उनले थपे, “आफुहरुको अन्य आमदानी श्रोत छैन्, तलबकै भरमा दिनचर्या निर्वाह गर्नुपर्छ र सोही तलबले चाडपर्व समेत मनाउनु पर्ने बाध्यता रहेको छ ।”
शिक्षा तथा मानवश्रोत विकास केन्द्रले देशभरीमा कार्यरत सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुको तलब भत्ता मासिक रुपमा दिने व्यवस्था मिलाउन ७ सय ५३ वटै पालिकालाई पटक पटक निर्देशन तथा पत्राचार गरे पनि हालसम्म पालिकाहरुले त्यस्तो कुनै व्यवस्था नमिलाएको आन्दोलनरत शिक्षक राजनारायण यादवको गुनासो छ ।
पालिकाले परिषद् नभएको कारण देखाई आफूहरुको तलब भत्ता पाउनबाट बञ्चित गराएको उनको आरोप छ । शिक्षक तथा कर्मचारीहरुले चाडपर्वको बेलामा पनि तलब भत्ता नपाउँदा जिवनयापन धान्ने कार्यमा समेत संकट उत्पन्न भएको उनले गुनासो पोखेका छन् ।
यसअघि संघर्ष समितिले कात्तिक ६ गते पालिका प्रमुख बिरेन्द्र माझीलाई तीन दिनको अल्टिमेटमसहित तलब भत्ता अविलम्ब निकासा गर्ने बारे ज्ञापनपत्र बुझाएका थिए । सो अवधीमा तलब भत्ता निकासा नभए कात्तिक ११ गते आइतबारदेखी सम्पूर्ण विद्यालय बन्द गरि पालिकाको मूल गेट अगाडी धर्नामा बस्ने ज्ञापनपत्रमा उल्लेख छ । सोही अनुसार शिक्षकहरु धर्नामा बसेको आधारभुत विद्यालय भलुवाका प्रअ समेत रहेका संघर्ष समितिका संयोजक यादवले जानकारी दिए ।
सो ज्ञापन जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय एकाई, पत्रकार महासंघ र नेपाल शिक्षक महासंघ सप्तरीलाई बोदार्थ गरिएको थियो । यता नगरपालिकाका जनप्रतिनिधिबीचको आपसी विवादका कारण नगरसभा हुन सकेको छैन् । जसकारण चालु आ.ब. २०८१÷८२ को साउनदेखी शिक्षकले मात्र नभई त्यहा कार्यरत कर्मचारीहरुसमेतले तीन महिनादेखी तलब पाउन सकेका छैनन् ।
नगरप्रमुख माझीले केही विषयमा विवाद सृजना भई समयमै नगरसभा सम्पन्न हुन नसकेको लाचारी व्यक्त गरे । उनले नगरपालिकामा प्रतिनिधित्व गर्ने सबै जनप्रतिनिधीलाई विश्वासमा लिएर छिट्टै नगरसभा सम्पन्न गरि सृजित समस्याको समाधान गर्न आफू प्रयासरत रहेको जनाएका छन् ।
माझी जनतम पार्टीबाट निर्वाचित भएका हुन् । तर उपप्रमुखदेखी बहुमत वडाअध्यक्ष र सदस्यहरु अन्य पार्टीबाट निर्वाचित भई आएको र आपसी तालमेल कायम हुन नसक्दा पटक पटक विवाद सृजना हुने गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/09/18 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा नवनिर्वाचितलाई सम्मान
- 2081/09/17 पत्रकारहरुको पेशागत सुरक्षाका लागी प्रदेश सरकार लागिपरेको छ ः मुख्यमन्त्री सिंह
- 2081/09/16 एनपिएल बिजेता टोलीलाई नगदसहित सम्मान
- 2081/09/15 संविधान लागु गर्ने दलहरु नै कार्यान्वयनमा उदासिन ः मन्त्री लेखी
- 2081/09/15 सशस्त्र प्रहरीद्वारा चिसोबाट जोगिन विपन्न वस्ती मै पुगेर कम्बल वितरण
- 2081/09/15 पहिलो एनपिएल विजेता टोली जनकपुर बोल्टसको सप्तरीमा भव्य स्वागत
- 2081/09/14 छिन्नमस्ता मधेश प्रदेशको तेश्रो बालविवाह मुक्त पालिका
- 2081/09/14 मुख्यमन्त्री सिंहसँग बिहारका मन्त्री निरजको भेट
- 2081/09/14 न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा देखिएका समस्याहरू बारे अन्तरक्रिया
- 2081/09/13 राजविराजमा रथ यात्रामा जनसागर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ