News Category 2081/07/14
कम्युनिस्ट नेता कर्माचार्यको सम्झनामा २ सय भन्दा बढी विरामीलाई फलपुृmल
दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नर बहादुर कर्माचार्यको जन्मशताब्दी बुधवार उनको राजनीतिक योगदानको सम्झना तथा विरामीहरुलाई फलफुल वितरण गरी मनाइएको छ ।
नर बहादुर कर्माचार्य स्मृति प्रतिष्ठान सप्तरीले बुधवार नेकपा (माओवादी केन्द्र) सप्तरीको समन्वयमा स्थानीय गजेन्द्र नारायण सिह अस्पताल तथा सोही अस्पताल परिसरमा संचालित पोषण गृहमा उपचारका लागी भर्ना भएका २ सय ८ जना विरामीहरुलाई फलफुल र पोषणयुक्त खानेसमान वितरण गरेका छन् ।
सो अवसरमा प्रतिष्ठानका अध्यक्ष धु्रव कुमार मण्डल, नेकपा (माओवादी केन्द्र ) का केन्द्रीय सदस्य अशोक कुमार मण्डल, जिल्ला इन्र्चाज सुर्यनाथ यादव, प्रदेश सांसद माला कर्ण, पूर्व प्रमुख निर्वाचन आयुक्त डा.अयोधि प्रसाद यादव, मधेश प्रदेशका पूर्व राज्य मन्त्री रुवी कर्ण, अखिल नेपाल टे«ड युनियन महासंघ मधेश प्रदेशका अध्यक्ष केदार देव, वडा अध्यक्ष अख्तर अलीका साथै प्रतिष्ठानका पदाधीकारी तथा नेकपा (माओवादी केन्द्र) का नेता कार्यकता सहभागी थिए ।
काठमाडौंको ललितपुरमा वि.स.१९८१ साल कार्तिक १४ गते जन्म भएका कर्माचार्य वि.स.२००६ सालमा पुष्पलाल श्रेष्ठ, नारायण विलाश जोशी र निरंजन गोविन्द बैद्य सहित मिलेर नेपाल कम्यूनिस्ट पार्टीको स्थापना गरेका थिए । उनको वि.स.२०७० साल साउन ९ गते निधन भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ