News Category 2071/11/01
प्राथमिकताको आधारमा सहमति गर्न बामपन्थी नेता बर्माको सुझाव
दैनिक संवाददाता
राजविराज, २९ माघ ।
वरिष्ठ वामपन्थी नेता कृष्णराज बर्माले प्राथमिकताको आधारमा सहमति नर्ग सम्पूर्ण राजनीतिक दलहरुलाई सुझाव दिनुभएको छ ।
वर्तमान अवस्थामा मुलुकमा देखिएको असहज परिस्थित बारे मधेशी पत्रकार संघ सप्तरीद्वारा बिहीबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो सुझाव दिनुभएको हो । उहाँले सत्ता पक्ष र विपक्षी दलहरुबीच बढेको दुरीलाई समाप्त पार्न प्राथमिकताको आधारमा सहमति नै उत्तम विकल्प बाहेक अन्य कुनै विकल्प नरहेको स्पष्ट पार्नुभयो । नेता बर्माले राजनैतिक दलहरु एक आपसमा दुरी बढाउनुको साटो मुलुकलाई कसरी सम्बृद्ध बनाउने र विकास गर्ने तर्फ अग्रसर हुनुपर्छ भन्ने जिकिर गर्नुभयो ।
नेता बर्माले मुलुकमा प्रतान्त्रवादी र बामपन्थी शक्तिहरु एकमत भए वर्तमान अवस्थामा देखिएका समस्याहरु समाधान गर्न सजिलो हुने धारण व्यक्त गर्नुभयो । विगतमा पनि यी दुई शक्ति एकजुट भएर २०४७ सालको पञ्चायति व्यवस्थालाई समाप्त पारि मुलुकमा प्रजातन्त्र ल्याएको स्मरण गर्दै उहाँले भन्नुभयो, “काँग्रेस र कम्युनिष्टहरु ठूला ठूला आन्दोलन सहकार्य गरेर लड्छन अनि सत्ता पनि प्राप्त गर्छन् तर, त्यसलाई भोग गर्ने बेलामा दुईभागमा बाडिन्छन् ।”
सरल, सर्वभौम र विकसित नेपालको परिकल्पना गरेर मात्र संघीयता बनाउन उहाँले सम्पूर्ण राजनैतिक दलहरुलाई सुझाव दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ