News Category 2071/11/01
प्राथमिकताको आधारमा सहमति गर्न बामपन्थी नेता बर्माको सुझाव
दैनिक संवाददाता
राजविराज, २९ माघ ।
वरिष्ठ वामपन्थी नेता कृष्णराज बर्माले प्राथमिकताको आधारमा सहमति नर्ग सम्पूर्ण राजनीतिक दलहरुलाई सुझाव दिनुभएको छ ।
वर्तमान अवस्थामा मुलुकमा देखिएको असहज परिस्थित बारे मधेशी पत्रकार संघ सप्तरीद्वारा बिहीबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो सुझाव दिनुभएको हो । उहाँले सत्ता पक्ष र विपक्षी दलहरुबीच बढेको दुरीलाई समाप्त पार्न प्राथमिकताको आधारमा सहमति नै उत्तम विकल्प बाहेक अन्य कुनै विकल्प नरहेको स्पष्ट पार्नुभयो । नेता बर्माले राजनैतिक दलहरु एक आपसमा दुरी बढाउनुको साटो मुलुकलाई कसरी सम्बृद्ध बनाउने र विकास गर्ने तर्फ अग्रसर हुनुपर्छ भन्ने जिकिर गर्नुभयो ।
नेता बर्माले मुलुकमा प्रतान्त्रवादी र बामपन्थी शक्तिहरु एकमत भए वर्तमान अवस्थामा देखिएका समस्याहरु समाधान गर्न सजिलो हुने धारण व्यक्त गर्नुभयो । विगतमा पनि यी दुई शक्ति एकजुट भएर २०४७ सालको पञ्चायति व्यवस्थालाई समाप्त पारि मुलुकमा प्रजातन्त्र ल्याएको स्मरण गर्दै उहाँले भन्नुभयो, “काँग्रेस र कम्युनिष्टहरु ठूला ठूला आन्दोलन सहकार्य गरेर लड्छन अनि सत्ता पनि प्राप्त गर्छन् तर, त्यसलाई भोग गर्ने बेलामा दुईभागमा बाडिन्छन् ।”
सरल, सर्वभौम र विकसित नेपालको परिकल्पना गरेर मात्र संघीयता बनाउन उहाँले सम्पूर्ण राजनैतिक दलहरुलाई सुझाव दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ