News Category 2071/11/02
मधेश मुक्तिका लागि सडक आन्दोलनमा जाने अध्यक्ष यादवको चेतावनी
दैनिक संवाददाता
राजविराज, १ फागुन ।
मधेशी जनअधिकार फोरम गणतान्त्रिकका राष्ट्रिय अध्यक्ष एवं पूर्व संचारमन्त्री राज किशोर यादवले मधेशी जनताको अधिकार तथा मधेश मुक्तिका लागि सडक आन्दोनमा जाने बताउँनुभएको छ ।
मधेशी जनअधिकार फोरम गणतान्त्रिक जिल्ला कार्य समिति सप्तरीद्वारा शुक्रबार राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुँदै उहाँले सो कुरा बताउँनुभएको हो ।
प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै अध्यक्ष यादवले मधेशी जनताहरुले अब गुलामी नसहने बताउँदै गुलामी विरुद्ध चरणवद्ध सडक आन्दोलनमा ओर्लने उद्घोष समेत गर्नुभयो ।
उहाँले जनताको जनभावना अनुसार फोरम गणतान्त्रिक अगाडी बढ्ने बताउँदै मधेशी जनताको मुक्तिका लागि जस्तो सुकै सडक आन्दोलनमा जाने बताउनुभयो ।
अधिकार सहितको संविधान आउनुपर्नेमा जोड दिदै अध्यक्ष यादवले अधिकार सहितको प्रदेश निर्माण नभएमा अर्को मतदानमा भाग समेत नलिने बताउँनुभयो ।
एक अर्को प्रसङ्गमा उहाँले काग्रेस एमालेले मधेशी जनताको अधिकार दिन तयार नरहेको बताउँदै मधेशीको अधिकार नदिए खोसेर आप्mनो अधिकार लिने दाबी बताउनुभयो ।
मधेशी जनअधिकार फोरम गणतान्त्रिक सप्तरीका अध्यक्ष नरेन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सभासद् सरिता यादव, फोरम गणतान्त्रिकका केन्द्रिय सदस्यद्वय गंगाराम यादव, भागवत मण्डल, जिल्ला सचिव अरविन्द कुमार यादव, तेज नारायण यादव सहितकाहरुको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष संजय मण्डलको नेतृत्वमा ५ जना सहित करिब दुई दर्जन ब्यक्तिहरु फोरम गणतान्त्रिकका प्रवेश गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
- 2082/06/27 महोत्सवको नाम दिएर समाजमा बिकृती फैलाउने काम ः जेनजी यूवा समूह
- 2082/06/26 दुई पालिकामा महिला तथा बालबालिका हिंसा विरुद्धको निर्देशिका पारित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ