News Category 2071/11/02
मधेश मुक्तिका लागि सडक आन्दोलनमा जाने अध्यक्ष यादवको चेतावनी
दैनिक संवाददाता
राजविराज, १ फागुन ।
मधेशी जनअधिकार फोरम गणतान्त्रिकका राष्ट्रिय अध्यक्ष एवं पूर्व संचारमन्त्री राज किशोर यादवले मधेशी जनताको अधिकार तथा मधेश मुक्तिका लागि सडक आन्दोनमा जाने बताउँनुभएको छ ।
मधेशी जनअधिकार फोरम गणतान्त्रिक जिल्ला कार्य समिति सप्तरीद्वारा शुक्रबार राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुँदै उहाँले सो कुरा बताउँनुभएको हो ।
प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै अध्यक्ष यादवले मधेशी जनताहरुले अब गुलामी नसहने बताउँदै गुलामी विरुद्ध चरणवद्ध सडक आन्दोलनमा ओर्लने उद्घोष समेत गर्नुभयो ।
उहाँले जनताको जनभावना अनुसार फोरम गणतान्त्रिक अगाडी बढ्ने बताउँदै मधेशी जनताको मुक्तिका लागि जस्तो सुकै सडक आन्दोलनमा जाने बताउनुभयो ।
अधिकार सहितको संविधान आउनुपर्नेमा जोड दिदै अध्यक्ष यादवले अधिकार सहितको प्रदेश निर्माण नभएमा अर्को मतदानमा भाग समेत नलिने बताउँनुभयो ।
एक अर्को प्रसङ्गमा उहाँले काग्रेस एमालेले मधेशी जनताको अधिकार दिन तयार नरहेको बताउँदै मधेशीको अधिकार नदिए खोसेर आप्mनो अधिकार लिने दाबी बताउनुभयो ।
मधेशी जनअधिकार फोरम गणतान्त्रिक सप्तरीका अध्यक्ष नरेन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सभासद् सरिता यादव, फोरम गणतान्त्रिकका केन्द्रिय सदस्यद्वय गंगाराम यादव, भागवत मण्डल, जिल्ला सचिव अरविन्द कुमार यादव, तेज नारायण यादव सहितकाहरुको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष संजय मण्डलको नेतृत्वमा ५ जना सहित करिब दुई दर्जन ब्यक्तिहरु फोरम गणतान्त्रिकका प्रवेश गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ