News Category 2081/07/26
हव महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा सप्तरी बिजयी
दैनिक समाचारदाता
राजबिराज, २६ कात्तिक ।
बिराटनगरमा जारी पहिलो नेपाल हव महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा साक्षी यादबको अर्धशतकिय पारीको मद्दतले सप्तरी बिजयी भएको छ ।
सोमवार बिराटनगरस्थित ज्वाला क्रिकेट मैदानमा आयोजित फाईनल खेलमा सप्तरी महिला क्रिकेट टिम राजबिराजले बिराटनगर मोरङ महिला क्रिकेट टिमलाई ८ बिकेटले पराजित गर्दै जित हात पारेको हो ।
मोरङले दिएको ९९ को लक्ष्य सप्तरीले १७ ओभर १ बलमा दुई बिकेट गुमाएर जित हात पारेको छ । सप्तरीका साक्षी यादबले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ५६ रन बनाएकी थिइन् । उनीसँगै बन्दना रजकले पनि ८ रन बनाउदै अविजित रहिन् ।
टस जितेर सप्तरीले मोरङलाई ब्याटिङ गर्न दिएपछि निर्धारित २० ओभरमा ७ बिकेट गुमाएर ९९ रन मा बनाउन सक्यो । जसमा सानू राजबंशी २२, काजल राजबंशी १० रन बनाएकी थिइन् । बलिङतर्फ सप्तरीका सुस्मिता यादबले २, साक्षी यादब, अपेक्षा र दिपा रामले सामान्य १÷१ बिकेट लिएकी थिइन् ।
खेलको प्लेयर अफ दि म्याच सप्तरी साक्षी यादब घोषित भएको टिम म्यानेजर शमिला यादबले जानकारी दिईन । यो खेल सँगै बिराटरनगर मोरङ र राजबिराज सप्तरी बिच भएको ४ खेलको श्रृंखलामा मोरङले ३ खेलमा जित निकाल्दै च्याम्पियन बनेका छ भने सप्तरीले १ खेलमा मात्र जित निकालेपछि दोस्रो बनेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ