News Category 2081/07/26
सप्तरीको एउटै पालिकाको दुई वडामा उपनिर्वाचन हुँदै
दैनिक समाचारदाता
राजबिराज, २६ कात्तिक ।
सप्तरीको एउटै पालिकाको दुई वडामा आउँदो मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । जिल्लाको डाक्नेश्वरी नगरपालिकाको वडा नं. १ र ४ का वडाअध्यक्षको मृत्यु भएपछि उक्त वडामा उपनिर्वाचन हुन गइरहेको छ ।
निर्वाचन हुन लागेको ती दुबै पदमा यस अघी काँग्रेसका क्रमशः प्रितमलाल चौधरी र हरि प्रसाद राय चुनाव जितेका थिए । चौधरी र राय दुबैको निधन भएका कारण रिक्त हुन गएको पदका लागी उपनिर्वाचन हुन लागेको हो ।
यसअघि दुबै पद काँग्रेसले जितेकाले यसलाई कायम र निरन्तरता दिनु पर्ने काँग्रेसमाथी चर्काे दवाब छ । अहिले ती दुबै स्थान जित्न काँग्रेसलाई दबाव देखिएको काँग्रेसका नेताहरु बताउँछन । नेपाली काँग्रेस डाक्नेश्वरी नगरपालिका नगर समितिका सभापती नारायण यादवले जितेका दुबै स्थानमा पुनः जित्न र निरन्तरता दिन कम्मर कसेर लागिपरेको बताए ।
नेपाली काँग्रेसका जिल्ला सभापती रामदेव साहले पहिल्यै जितेका ठाउँ भएकाले आफुहरुका लागी यो उपनिर्वाचन निकै महत्वपूर्ण भएको बताए ।
मंसिर १६ गते हुने उपनिर्वाचनका लागी निर्वाचन कार्यालयले मंसिर २ गते उम्मेदवारको मनोनयन पत्र दर्ताको कार्यतालिका सार्वजनिक गरेकाले दलहरु अहिले उम्मेदवार छान्न र आ–आफ्नो पक्षमा माहौल बनाउन ब्यस्त भएका छन ।
नेपाली काँग्रेसले वडा नं १ बाट हालसम्म नाम टुंङ्गो नलागेको र वडा नं ४ बाट जोेगेन्द्र रायलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला सभापती साहले बताएका छन ।
यस्तै एमालेले पनि वडा नं. १ बाट नाम टुङ्गो नलगाएको गरस्तथा वडा न ४ बाट संजय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला अध्यक्ष ताराकान्त चौधरीले बताए । लोसपाले भने वडा न १ मा राम अधिन सन्त र वडा न ४ मा अरविन्द कुमार रायलाई उम्मेदवार बनाएको जिल्ला अध्यक्ष सुनिल कुमार झाले जानकारी दिए । जनमत पार्टीले वडा नं ४ बाट उदय नारायण पण्डितलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला इन्र्चाज रामगमन साहले बताए । वडा नं १ मा भने उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहको उनको भनाई छ । नेकपा माओवादी केन्द्रले वडा न १ बाट संतोष पन्त र वडा न ४ बाट विन्दा रामलाई उम्मेदवार बनाएको नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य अशोक कुमार मण्डलले जानकारी दिए ।
यहाँ नेकपा एकिकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, आम जनता पार्टी (आजपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा.) लगायतलका दलहरुले पनि उम्मेदवारी दिने भन्दै कार्यकर्ताहरुको भावना बुझने र आ–आफनो तर्फबाट वडा अध्यक्षका सम्भावित उम्मेदवारहरुको सम्बन्धमा गन्थनमन्थन गर्ने कामलाई तिव्रता प्रदान गरेका छन ।
उपनिर्वाचन हुने डाक्नेश्वरी नगरपालिकाको वडा नं. १ मा २ हजार ६ सय ३५ र वडा न ४ मा १ हजार २ सय ८१ मतदाता छन । निर्वाचनका लागी कुल ३ मतदान स्थल र ५ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले जानकारी दिए । मंसिर १६ गते आईतवार विहान ७ बजेदेखी अपराह्न ५ बजे सम्म मतदान हुने जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीले पनि उपनिर्वाचन भयरहित वातावरण तथा शान्तिपुर्ण ढंगले सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्धबारे तयारी गरिरहेको जनाएको छ । प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडालले उपनिर्वाचनमा सुरक्षा चुनौती, आवश्यक प्रहरी जनशक्ती, मतदान केन्द्र र मतदान स्थललाई विश्लेषण गरेर निर्वाचन सुरक्षा रणनीति बनाउन लागिएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
- 2081/08/04 ६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा
- 2081/08/04 पुनः १६ जना फरार अभियुक्त पक्राउ
- 2081/08/04 टिपरमा गिटी र बालुवाले छोपेर भारततर्फ लैजादै गरिएको १ हजार ७ सय १७ किलो गाजा बरामद
- 2081/08/03 महिला कैदीको बलात्कारको आरोपमा कारागारकै कर्मचारीबिरुद्ध पक्राउ पूर्जी जारि
- 2081/08/03 १७ मध्ये एकमात्र महिला उम्मेदवार
- 2081/08/03 लिट्मस केबल्स र प्रसिद्ध खेलाडी तथा फिटनेस प्रशिक्षक मुलगुठीबीच सहकार्य
- 2081/08/03 जसपा नेपाल नगर कमिटिद्वारा हनुमाननगरको नगरसभा यथासिघ्र गराउन माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ