News Category 2081/07/27
हनुमाननगर कंकालिनी नगरपालिकाको नगरसभा दश दिनभित्र सम्पन्न गरिसक्नु पर्ने निर्णय
दैनिक समाचारदाता
राजविराज, २७ कात्तिक ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको नगरसभा दश दिनभित्र सम्पन्न गरिसक्नु पर्ने निर्णय भएको छ ।
नगरपालिका र विभिन्न वडाहरुमा लगाइएको ताला खुलाउने सम्बन्धमा मंगलबार प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षता तथा नगर प्रमुख, जिल्ला स्थित सुरक्षा निकायहरु र वडा अध्यक्षहरुको उपस्थितिमा बसेको बैठकले सो निर्णय गरेको हो ।
सोही बैठकले नगर प्रमुख र वडा अध्यक्षको रोहबरमा तालाबन्दी खोली वडा कार्यालय र पालिकाको सेवा सूचारु गर्दै नगरसभा गरि कर्मचारीको तलब भत्ता बितरण गर्ने निर्णय पनि गरिएको छ ।
यस्तै गत असोज २९ गते पालिकामा लगाइएको तालाबन्दी र वडा अध्यक्षहरुप्रति भएको व्यवहार सम्बन्धमा ताला लगाउने पक्षले सो ताला लगाइएको कार्यले नागरिकमा पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दै आइन्दा यस्तो कार्य नगर्ने प्रतिबद्धतासहित मंगलबारको मितिबाट वडा कार्यालयको ताला खोली सेवा प्रवाह सूचनारु गर्ने निर्णय समेत गरिएको छ ।
सोही बैठकले बाढी प्रभावितको सन्दर्भमा भइरहेको राहत बितरणमा गलत मनसायले भएको, दोहोरिएको वा आफ्नो मानिसलाई बितरण भएको गुनासो सम्बोधनका लागि डब्लुएफपी, सोही नगरपालिकाका सरोकारवाला पक्ष समेतको प्रतिनिधित्वमा छानबिन तथा पुनः यकिन गरी राहत बितरण गर्ने निर्णय गरिएको छ ।
सो बैठकमा नगरप्रमुख बिरेन्द्र माझी, सहायक प्रजिअ जितेन्द्र कुमार यादव, प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरी उपरिक्षक ज्ञानमणी पौडेल, उपअनुसन्धान निर्देशक सुरेन्द्र कोइराला तथा पालिकाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ