News Category 2081/07/27
हनुमाननगर कंकालिनी नगरपालिकाको नगरसभा दश दिनभित्र सम्पन्न गरिसक्नु पर्ने निर्णय
दैनिक समाचारदाता
राजविराज, २७ कात्तिक ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको नगरसभा दश दिनभित्र सम्पन्न गरिसक्नु पर्ने निर्णय भएको छ ।
नगरपालिका र विभिन्न वडाहरुमा लगाइएको ताला खुलाउने सम्बन्धमा मंगलबार प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षता तथा नगर प्रमुख, जिल्ला स्थित सुरक्षा निकायहरु र वडा अध्यक्षहरुको उपस्थितिमा बसेको बैठकले सो निर्णय गरेको हो ।
सोही बैठकले नगर प्रमुख र वडा अध्यक्षको रोहबरमा तालाबन्दी खोली वडा कार्यालय र पालिकाको सेवा सूचारु गर्दै नगरसभा गरि कर्मचारीको तलब भत्ता बितरण गर्ने निर्णय पनि गरिएको छ ।
यस्तै गत असोज २९ गते पालिकामा लगाइएको तालाबन्दी र वडा अध्यक्षहरुप्रति भएको व्यवहार सम्बन्धमा ताला लगाउने पक्षले सो ताला लगाइएको कार्यले नागरिकमा पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दै आइन्दा यस्तो कार्य नगर्ने प्रतिबद्धतासहित मंगलबारको मितिबाट वडा कार्यालयको ताला खोली सेवा प्रवाह सूचनारु गर्ने निर्णय समेत गरिएको छ ।
सोही बैठकले बाढी प्रभावितको सन्दर्भमा भइरहेको राहत बितरणमा गलत मनसायले भएको, दोहोरिएको वा आफ्नो मानिसलाई बितरण भएको गुनासो सम्बोधनका लागि डब्लुएफपी, सोही नगरपालिकाका सरोकारवाला पक्ष समेतको प्रतिनिधित्वमा छानबिन तथा पुनः यकिन गरी राहत बितरण गर्ने निर्णय गरिएको छ ।
सो बैठकमा नगरप्रमुख बिरेन्द्र माझी, सहायक प्रजिअ जितेन्द्र कुमार यादव, प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरी उपरिक्षक ज्ञानमणी पौडेल, उपअनुसन्धान निर्देशक सुरेन्द्र कोइराला तथा पालिकाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ