News Category 2081/07/28
तीन दिनमा २१ जना फरार अभियुक्त पक्राउ
दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
सप्तरी प्रहरीले तीन दिनमा २१ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
प्रहरीले फरार अभियुक्तमाथी कडा निगरानी र अनुसन्धान बढाएसंगै विभिन्न अपराधका अभियक्त पक्राउ पर्ने क्रम बढेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ परेका सबै जनालाई बुधवार सार्वजनिक गरेको छ । पछिल्लो तीन दिन यता पक्राउ पर्नेहरुमा कुटपिटका सर्वाधिक १२ जना छन । यस्तै लुटपीट र चोरीका २÷२ तथा जबरजस्ती करणी, जालसाजी, गाली बेइज्जत, सवारी ज्यान, ज्यान मार्ने उधोगका १÷१ अभियुक्त रहेका छन ।
अपराध घटनाको अनुसन्धान तथा अदालतको पैmसला कार्यान्वयन गर्ने क्रममा फरार भइ लुकिछिपी वसेकाहरु सुराकी र निगरानी बढाएसंगै धमाधम पक्राउ पर्न थालेको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
यसरी पक्राउ परेकाहरबाट ५ वर्ष ६ महिना कैद सजाय वसुलका लागी कारागार चलान गरिएको छ भने १ लाख २४ हजार १ सय ५० रुपैया जरिवाना समेत असुल गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।
विगतका वर्षहरु भन्दा यो वर्ष फरार अभियुक्तको सूचीमा रहेका धेरै ब्यक्ती पक्राउ परेको प्रहरी तथ्याँकले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले यस अघि चालु आव २०८१÷०८२ को असोज देखी कार्तिक १७ सम्म (जम्मा ३० दिन) एक महिनाको सार्वजनिक मासिक प्रतिवेदनमा ६६ जनालाई पक्राउ गरेको उल्लेख थियो । जसबाट ३ लाख ३१ हजार ८ सय ६१ रुपैया जरिवाना तथा ४ वर्ष २ महिना ११ दिन कैद भुक्तानका लागी कारागार चलान गरिएको थियो ।
यस बाहेक प्रहरीको फरार सूचिमा अहिले ३ हजारको हाराहारीमा अभियुक्त रहेका छन । जसको खोजी कार्य तिब्र बनाइएको प्रहरीको भनाई छ । फरार अभियुक्त पक्राउ गरी पैmसला कार्यान्वयन गर्दा प्रहरीले राजश्व रकम समेत बढाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ