News Category 2081/08/01
लागूऔषध र साइबर क्राइम जस्ता अपराधबाट टाढा रहन सुझाव
राजविराज÷मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले भविष्यका कर्णधार मानिने विद्यार्थीहरु लागूऔषध र साइबर क्राइम जस्ता अपराधबाट टाढा रहनु पर्ने सुझाव दिएका छन् ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालय जनकपुरधामद्वारा सप्तरीको कञ्चनपुरमा शनिबार आयोजित सुरक्षा र विपद सम्बन्धि सम्बन्धि सचेतना तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले युवा विद्यार्थीमा देश परिवर्तन गर्ने क्षमता भएकोले यस्ता कुलतबाट टाढा रहेर सकारात्मक दिशामा अगाडि बढन आग्रह गरे । उनले सभ्य समाज निर्माणका लागि लागूऔषध र कुलतको जोखिमबाट हुने अपराध न्यूनीकरणका लागि सामाजिक स्तरबाटै अघि बढ्नु पर्ने समेत बताए ।
कार्यक्रममा मधेस प्रदेशका नीति आयोगकी सदस्य डा. शिला मिश्रले साँस्कृतिक संरक्षण र दहेज, आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले लागूऔषध, हिंसा, मानसिक समस्या दाइजोलगायतका सचेतना एवम् संदेश मुलक भिडिओ प्रदर्शन, सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले लागूऔषध दुव्र्यवसनी र साइबर क्राइमबाट आउने समस्या र कानूनी सजाय, नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष राजेश कुमार कर्णले युवाः सञ्चार र सामाजिक सञ्जाल, सशस्त्र प्रहरी बल २ नम्बर छिन्नमस्ता बाहिनीका सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन ओलीले विपद व्यवस्थापन र क्षमता व्यवस्थापन र प्रदेश ट्राफिक प्रहरी कार्यालय पतलैयाका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक भिम किरण बोगटीले ट्राफिक अपराध र कानून व्यवस्था, डा. सुरेश चौधरी विप विपद समस्या र चुनौती, डा दिपक गुप्ताले सूचना प्रविधिको विकास र युवा विद्यार्थी बारे आ–आफ्नो प्रस्तुतिकरण राखेका थिए ।
आयोजित कार्यक्रममा सप्तकोसी नगरपालिकाका प्रमुख कृष्णाप्रसाद ढकाल, गृह, सञ्चर तथा कानून मन्त्रालयमा सचिव उद्धव प्रसाद रिजाल, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, राष्ट्रिय अनुसन्धान आयोग सप्तरीका प्रमुख अनुसन्धान उपनिर्देशक सुरेन्द्र कोइराला लगायतका स्थानीय जनप्रतिनिधि, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत रहेका विभिन्न क्याम्पसका प्राध्यापक, शिक्षक, विद्यार्थी तथा कक्षा ११ र १२ मा अध्यनरत छात्रछात्राहरुको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ