News Category 2081/08/02
प्रभु साहले भने, “उपेन्द्र यादव पानीमा भिजेको मुसा र सीके राउत छेपारो”
दैनिक समाचारदाता
राजविराज, २ मंसिर ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले मधेश केन्द्रित दुई दलका अध्यक्षलाई पानीमा भिजेको मुसा र छेपारोको संज्ञा दिएका छन् ।
आईतवार राजविराजबाट “भ्रष्टाचार विरुद्धको मधेश यात्रा” प्रारम्भ गरेका आजपा सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष साहले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पानीमा भिजेको मुसा र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई छेपारोको संज्ञा दिएका हुन् ।
मधेश प्रदेशमा पालै–पालो सरकार बनाएपनी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको छिनछिन मै बोली, ब्यवहार र रंग फेर्ने गतिविधीका कारण मधेशले धोका पाइरहेको उनको भनाई छ ।
“उपेन्द्र यादव जीले संघीयतका लागी गरेको योगदान विर्सिन नसकिने भएपनि उनको अहिलेको गतिविधीले मधेश र मधेशी जनताले धोका पाइरहेको भन्दै उपेन्द्रलाई पानीमा कापेर वसेको मुसा र डा. राउतले जुन एजेन्डा लिएर राजनीतिमा लागे त्यो बिर्सेर सत्ता मोहमा लागेकाले उनलाई छेपारोको संज्ञा दिए ।
“राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवी लामिछानेलाई पक्राउ गर्दा विरोधमा उत्रने भनेका डा. राउत केही दिन मै बोली फेरेर सत्ता पक्षसँग सहमती गरे भने उपेन्द्र यादव पछी बालुवाटारमा गएर सुटुक्क प्रधानमन्त्री केपी ओलीसंग सहमती गरे ।” उनले भने, “जसपा अध्यक्ष उपेन्द्र यादवलाई सत्ता पक्ष कि प्रतिपक्ष भन्ने कुरा बुझ्नै गाह्रो भएको छ ।”
उनले मुलुकमा कर माथी कर लगाएर सरकारले जनताका ढाड सेक्ने काम गरेको र यसले उल्टै महँगी बढाएको टिप्पणी गरे । आफु माओवादी र एमालेमा रहदा उच्च पद र ठुलो हैसियत पाएको भएपनि ती पार्टीका नेताहरुको रवैयाले जनताका समस्या समाधान हुन नसक्ने ठानेर ती दुबै पार्टी परित्याग गरी अहिले जनताको सेवक बन्न आएको उनको प्रष्टोक्ती थियो ।
पूर्वमन्त्रि समेत रहेका अध्यक्ष साहले आफु पाँच महिना शहरी विकास मन्त्री हुदा अरबौंको बजेट छुट्याएर विकासीय काम गर्न चाहेकोमा केपी ओली नेतृत्वको तत्कालीन सरकारले ती योजनाहरुलाई खारेज गरीदिएको आरोप समेत लगाए ।
भ्रष्टाचार विरुद्ध आवाज उठाउन खोज्दा सरकार दमनमा लागेको आरोपका साथ उनले भ्रष्टाचार विरोधी अभियान यस्ता दमनबाट नरोकिने उदघाष गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ