News Category 2081/08/03
जसपा नेपाल नगर कमिटिद्वारा हनुमाननगरको नगरसभा यथासिघ्र गराउन माग
दैनिक समाचारदाता
राजविराज, ३ मंसिर ।
जनता समाजवादी पार्टी, नेपाल हनुमाननगर कंकालिनी नगरपालिकाको नगर कमिटीले पालिकाको नगरसभा यथासिघ्र गराउन माग गरेको छ ।
पार्टीको नगर कमिटिका उपाध्यक्ष जितेन्द्र कुमार खड्गाद्वारा सोमबार जारि विज्ञप्तिमा नगर परिषद् समयमा नगराई शिक्षक, स्वास्थ्यकर्मी लगायतका कर्मचारी तथा बृद्धबृद्धाहरुको भत्ता उपलब्ध नगराइएकोमा नगर प्रमुखको मुख्य कमजोरी रहेको ठहर गर्दै सो पार्टीबाट निर्वाचित उपप्रमुख लगायत वडाअध्यक्षलाई नगर सभा गराउन विशेष पहल गर्न आग्रह गरिएको छ ।
जारि विज्ञप्तिमा बैठकले जनता सँग जसपा नेपाल आधारभूत संगठन निर्माण, विशेष अभियान तथा नगरपालिकाको गतिविधि बारे छलफल गरी सो निर्णयहरु गरिएको उल्लेख छ ।
सोही विज्ञप्तिमा नगरपालिकाका प्रमुखको गलत कार्यनीति तथा संचालनको तरिकाले दर्जनौं बेथितिहरु जन्म लिएको बैठकमा छलफल गर्दै तलब भत्ता नपाएर पीडामा रहेका शिक्षक, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरुले संचालन गरेको चरणवद्ध आन्दोलनप्रति जसपा नेपाल नगर कमिटी सहनुभुति र ऐक्यबद्धता प्रकट गर्दै भविष्यमा हुने यस्ता जायज संघर्षहरुमा साथ र सहयोग रहने निर्णय पनि गरेको जनाइएको छ ।
यस्तै नगरपालिकाले विगतमा संचालन गरेको विकाशीय योजनाहरु असन्तुलित र अपारदर्शी रहेको ठहर गर्दै आउने दिनमा विकाशीय योजनाहरुको छनोट, उपभोक्ता समितिको गठन तथा संचालन कार्यविधि अनुसार पारदर्शी किसिमले गर्ने सम्बन्धित सबैलाई सचेत गराउने र यस कार्यहरुप्रति जसपा नेपालका यस नगरका सम्पूर्ण नेता कार्यकर्ता तथा सुवेच्छुकलाई गम्भीर चासो राख्न बैठकले निर्देशन दिने निर्णय गरेको छ ।
बैठकमा केन्द्रिय अभियन्ता शम्भु झा, पदेन कार्यकारिणी सदस्य जगदेव यादव प्रदेश अभियन्ता विनोद यादव, जिल्ला अभियन्ता निलेश कुमार झा र क्षेत्रिय अभियन्ता हेमनारायण भविशवार यादव, पार्टीका जिल्ला अध्यक्ष केदार यादव लगायतका नेताहरुको विशेष उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ