News Category 2081/08/04
६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा
दैनिक समाचारदाता
राजविराज, ४ मंसिर ।
करिब ६५ वर्षदेखी संघर्षरत बिटौरी र ब्लक जग्गामा बसोवास गर्दै आएका राजविराज नगरवासीले स्थानीय र संघीय सरकार समस्या समाधान गर्न गम्भिर नभए आन्दोलन चर्काउनु पर्ने निश्कर्ष निकालेका छन् ।
सप्तरी उद्योग बाणिज्य संघको अगुवाईमा मंगलबार पीडितहरु समेतलाई राखी गरिएको छलफल कार्यक्रममा यस्तो निश्कर्ष निकालिएको हो ।
बैठकका सहभागिहरुले राजविराजको मुख्य बजार तथा आसपासका गरि ६८ विगहा क्षेत्रफलमा पुस्तौदेखी बसोवास गर्दै आएका करिब ५ हजार २ सय परिवार हालसम्म लालपूर्जा पाउन नसकेको र नक्शापास समेत रोकिदा समस्यामा परेको भन्दै आन्दोलन चर्काउनुको विकल्प नरहेको सुझाव दिएका छन् ।
उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य एवं सप्तरी उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष अरुण प्रधानको अध्यक्षतामा भएको छलफल कार्यक्रममा बिटौरी र ब्लक जग्गाको रोक्का र फुकुवामा रोक तथा नगर क्षेत्र भित्र सडक बनिसकेको क्षेत्रमा समेत सडक मापदण्डका नाममा नक्शापास रोकिदा उद्योग व्यवसाय धरासायी बन्न लागेको ठहरसहित आन्दोलन चर्काउनु पर्ने निष्कर्षमा पुगेका हुन् ।
बि.स.२०१६ सालमै नगरपालिका घोषणा भएर नगरको मुख्य सडक आसपास घर निर्माण तथा पसल संचालन गरेर बस्दै आएका बिटौरी र ब्लक जग्गा बाहकले हालसम्म लालपूर्जा पाउन सकेका छैनन् । सो जग्गा वापत नगरपालिकाबाट पाएको बिटौरी र ब्लक रसिदकै आधारमा बसोवास र विगतमा समस्या परेका बेला सोही रसिदमा उल्लेखीत जग्गा बैंक र बित्तिय संस्थामा धितो राखी ऋण कर्जा लिने गरेका उनीहरु विगत ७ वर्षदेखी सो सेवा सुविधाबाट बञ्चित छन् ।
छलफलमा सहभागिहरुले पहिले पहिले बिटौरी रसिदकै आधारमा बैंकमा जग्गा धितो राखी ऋण कर्जा पाउदै आएको व्यवस्था पुनः कायम गर्नुपर्ने र यसका लागि आन्दोलनमार्फत सरकारमाथी दबाव दिनुपर्ने सुझाव दिएका छन् ।
बैठकमा पूर्व प्रधानाध्यापक बिजयानन्द झा, सगरमाथा यातायात व्यवसायी संघका पूर्वअध्यक्ष निरुलहोदा अंसारी, उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष मनोज मुन्धडा, महासचिव अमृत संचेती, कोषाध्यक्ष प्रमोद काबरा, सल्लाहकार बैजु जोशीका साथै सामाजिक अगुवा राधेश्याम रमण, बिन्देश्वरप्रसाद साह बिन्दी, बैधनाथ मुन्धडा, बद्री स्वर्णकार, प्रभातकुमार ललन, सुबि यादव, शिवनारायण साह, जगत भंसाली लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
छलफल कार्यक्रमको अध्यक्षता गरेका प्रधानले बिटौरी र ब्लक जग्गाको समस्या समाधानका लागि आवश्यक आन्दोलन कार्यक्रम तय गर्न सहभागिहरुले सुझाव, एक्यबद्धता र समर्थन जनाएको भन्दै छिट्टै अर्को बृहत बैठकबाट संघर्ष समिति गठन गरि आन्दोलन कार्यक्रम घोषणा गरिने जानकारी दिए ।
एकसाता अघि मात्र नेपाली काँग्रेस सप्तरीको अगुवाईमा समेत नगर क्षेत्रको बिटौरी र ब्लक जग्गाको समस्या समाधानको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ