News Category 2081/08/05
दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नं. १ र ४ मा वडाअध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा मनोनयन पत्र दर्ता गराएका दुई जना उम्मेदवारले बुधबार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्ता लिने दुबै स्वतन्त्र उम्मेदवार थिए । निर्वाचन कार्यालयका अनुसार उम्मेदवारी फिर्ता लिनेमा वडा नं. १ बाट सियाकान्त चौधरी र वडा नं. ४ बाट रामकुमार यादव छन् ।
दुई जनाले उम्मेदवारी फिर्ता लिएपछी मंसिर १६ गते हुने उपनिर्वाचनमा अब दुबै वडाका गरि १५ जनाको मात्र उम्मेदवारी कायम भएको निर्वाचन कार्यालयले जनाएको छ ।
उम्मेदवारी कायम राख्न इच्छुक नभएको भन्दै दुबै जनाले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २३ को उपदफा (१) बमोजिम आवेदन गरी उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले जानकारी दिए ।
यसैबीच बुधबार नै वडा नं. १ बाट उम्मेदवारी फिर्ता लिएका सियाकान्त चौधरीले एक प्रेस विज्ञप्तिमार्फत आफू काँग्रेसका उम्मेदवार भुलिया देवी थरुनीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ