News Category 2081/08/05
शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका १ स्थित श्री जनता राष्ट्रिय प्राथमिक विद्यालय बरहीमा कार्यरत शिक्षक सुकदेव यादवले मंगलबार राती विद्यालयबाट हाजिरी रजिष्टर गायब पारेको घटना बाहिरिएको छ ।
प्रहरीका अनुसार रातीको समयमा डियुटीमा रहेका विद्यालयका कार्यालय सहयोगि बिरेन्द्र कर्णबाट प्रशासनिक कक्षको साँचो मागेर कोठाबाट हाजिरी रजिष्टर लिएर शिक्षक यादव हिडेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले रजिष्टर गायब पारिएको सम्बन्धमा छानबिन गर्ने क्रममा कार्यालय सहयोगि कर्णलाई नियन्त्रणमा लिएपछी सो खुलासा भएको हो ।
प्रहरीको बयान पश्चात् कार्यालय सहयोगि कर्णलाई बुधबार पालिकाको शिक्षा शाखा प्रमुख सन्तोष रायको जिम्मा लगाई थप अनुसन्धान थालिएको उनको भनाई छ ।
छिन्नमस्ता गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष ललन कुमा यादवले उक्त विद्यालयका शिक्षक सुकदेव यादव नियमित विद्यालय नआउने तथा उनी नआएको दिनको पनि कहिले आफै त कहिले शिक्षक साथी मार्फत रजिष्टरमा एकमुष्ट हाजिर गर्ने गरेको कुरा बाहिरिएपछी विद्यालयबाट रजिष्टर नै गायब पारिएको बताए ।
यसबारे पालिकाले पनि आफ्नो स्तरबाट छानबिन थालिएको उनको भनाई ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ