News Category 2081/08/05
विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
सप्तरीको विष्णुपुर गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुलाई मोबाइल लैजान निषेध गरिएको छ भने शिक्षक पूर्व जानकारी बिना अनुपस्थित भए तलब भत्ता कट्टा गरिने सम्मको विभिन्न ८ बुँदे निर्णय गरिएको छ ।
पालिकाको शैक्षिकस्तर उकास्न तथा शैक्षिक अवस्थामा सुधारका लागी गाउँपालिकाले विभिन्न आठ बुंदे निर्णय गरिएको गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले जानकारी दिएका छन् ।
यस्तै तोकिएको समयमा विद्यालयमा उपस्थित भई निर्धारित समयसम्म बस्नु पर्ने, आफुले पढाउने विषयको पाठ योजना निर्माण गरी आउनु पर्ने, तोकिएको जिम्मेवारी समयमा पुरा गर्नू पर्ने लगायतका आठ बुदे निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत सन्त कुमार मण्डलले बताए ।
उक्त निर्णय कार्यान्वयन गर्ने÷गराउने पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामार्पmत मातहतका सबै विद्यालयमा परिपत्र गरिसकेको उनको भनाई छ ।
शैक्षिक अवस्था सुधारका लागी गरिएको यस्तो निर्णय प्रभावकारी ढंगले कार्यान्वयन भए÷नभएको बुझ्न समय समयमा छड्के अनुगमन समेत गरिने पालिकाका अध्यक्ष यादवले बताए ।
सामुदायिक विद्यालयको शैक्षिक अवस्थालाई गुणस्तरिय र विश्वसनिय बनाउन यस्तो योजना ल्याइएको सो पालिकाले जनाएको छ । उक्त पालिका भित्र ५ मावि र १३ आधारभुत विद्यालय रहेका छन । जसमा १ सय ७५ शिक्षक समेत गरी २ सय जना कर्मचारी कार्यरत छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ