News Category 2081/08/06
वित्तीय संस्थामा आगो लगाइदिने भन्दै सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
दैनिक समाचारदाता
राजविराज, ६ मंसिर ।
वित्तिय संस्थाको कार्यालयमा आगो लगाई दिने अभिव्यक्ति सामाजिक संजालमा पोष्ट गरेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको खडक नगरपालिका ५ खरचुहिया निवासी ४६ वर्षिय उमेश भगतलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
जीवन विकास लघुवित्त बित्तीय संस्था लि. शाखा कार्यालय कठौना शम्भुनाथ सप्तरीका प्रमुख सम्झना कुमारी पौदारले मंसिर २ गते शान्ति सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारीसमक्ष दिएको निवेदनको आधारमा भगत पक्राउ परेका हुन् ।
प्रमुख पौदारद्वारा दिइएको निवेदनमा “जीवन विकास लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय कठौनामा शाखाले प्रवाह गरेको ऋणको नियमित असुली भइरहेको क्रममा अन्यायी उमेश भगतले ऋणीहरुबाट कसैसँग ५ हजार, कसैसँग १० हजार, कसैसँग १५ हजार रुँपैया असुली गरी सो ऋण चुक्ता गर्नु पर्दैन भन्दै अफवाह फैलाई ऋणीहरुलाई आफ्नो तर्फबाट परिचयपत्र बाँड्दै हिडेको अवस्था” उल्लेख गरिएको छ ।
सोही निवेदनमा “उमेश भगतले २०८१ कात्तिक ३० गते आफ्नो फ्सबुकमा पोष्ट मार्फत जीवन विकास लघुवित्त बित्तीय संस्था लि. शाखा कार्यालय कठौना र सोको सिइयो र कर्मचारीलाई आरोपित गरी २०८१ मंसिर ३ गते शाखा कार्यालयमा आगो लगाइदिने र कर्मचारीलाई प्रहरी कार्यालयमा बुझाउने कार्यक्रम जारी गरेका छन् ।”
पक्राउ परेका भगत हाल जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा रहेको र उनीमाथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ