News Category 2081/08/06
आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
दैनिक समाचारदाता
राजविराज, ६ मंसिर ।
राजविराजस्थित गजेन्द्रनारायण सिह अस्पतालबाट २० दिन अघि रेफर गरिएका राजविराज ६ दलित वस्तीका २७ वर्षिय रुपेश सदा आर्थिक अभावले घरको ओच्छ्यानबाटै जीवन रक्षका लागी आर्थिक सहयोगको याचना गरेका छन ।
नसा च्यापिएर हिडडुल गर्न नसक्ने भइ उपचारको अभावमा घरको ओच्छ्यानबाट आफ्नो ज्यान बचाउन सहयोगको याचना गरेका हुन ।
पेशाले मजदुर रहेको उनी एक महिना अघि ढलानको काम गर्ने क्रममा टाउकोमा सिमेन्टको बोरा बोकेर लैजादै गर्दा अचानक लडेर अचेत भएका थिए । सो क्रममा टाउको, घाँटी र ढाडमा चोट लागेर घाउ हुनुका साथै उनको घाँटी र ढाडको नसा च्यापिएको थियो । जसकारण उनी हिडडुल गर्न नसक्ने समेत भएका छन ।
घाइते श्रीमान् रुपेशको उपचार गर्न मजदुरी पेशमा मै संलग्न श्रीमती रम्भाले उपचारका लागी वडा कार्यालयबाट केही सहयोग तथा साहु महाजनसँग ऋण सापटी खोजेर उपचारका लागी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएकी थिइन । त्यहाँ ५ दिनको उपचार र बसाईमा साथमा रहेको १ लाख १० हजार मध्ये १ लाख ५ हजार खर्च भईसक्दा पनि निको नभएको र चिकित्सकले, अप्रेशन गर्नू पर्छ भन्दै थप १ लाख ५० हजार रुपैया व्यवस्था गर्नु भनेपछि पैसा नहुदा उपचार नै नगरी श्रीमानलाई लिइ फर्केको उनले सुनाइन ।
धरानबाट फर्केपछी श्रीमानलाई ५ दिन स्थानीय गजेन्द्रनारायण सिह अस्पतालमा समेत भर्ना गराएको र त्यहाँ चिकित्सकले नशा सम्बन्धि रोगको उपचारका लागी बाहिर लैजाने सल्लाहसहित रेफर गरिदिएको रम्भाले सुनाईन ।
“पहिल्यै लिएको ऋण कर्जा तिर्न सकेकी छैन, काममा बाहिर पनि निस्कन सकेकी छैन, आँखाबाट आँसु झार्दै उनले भनिन– जीवन मरणको दोसाँधमा रहेका श्रीमानको उपचार, ३ जना नाबालक सन्तानको लालन पालनमा समस्या भएको छ ।”
आफ्नो नाउँमा एक धुर जग्गा नरहेको सदा परिवार अहिले सडक किनारमा २ धुर एलानी जग्गामा फुसको झुप्रो बनाई वसोवास गर्दै आएका छन । उपचारका लागी सदा परिवारको आर्थिक अवस्थाले धान्न नसक्ने भएपछी सहयोगका लागी हात फैलाएको वडा अध्यक्ष शशी चौधरीले बताए ।
दैनिक मजदुरीमा जान नपाउँदा आम्दानीको बाटो बन्द भई हातमुख जोडन तथा विरामी परेका रुपेशको उपचारमा समस्या भएकाले सबैले मिलेर सहयोग गर्नु पर्ने वडा अध्यक्ष चौधरीको भनाइ छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ