News Category 2081/08/11
आचारसंहिताको उलङघन गर्दै कर्मचारी आवश्यकताका लागि विज्ञापन आह्वान
दैनिक समाचारदाता
राजविराज ११ मंसिर ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाले निर्वाचन आचारसंहिताको उलङघन गर्दै कर्मचारी आवश्यकताका लागि विज्ञापन आह्वान गरेको छ ।
सो नगरपालिकाको वडा नं. १ र ४ मा अध्यक्ष पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । मंसिर २ गतेदेखी नै उक्त नगरपालिकामा आचारसहिता लागु भइसकेको छ । तर, नगरप्रमुख रामलखन मलाहले आचारसहितालाई वेवास्ता गर्दै उक्त बिज्ञापन आह्वान गरेका हुन् ।
आचारसंहिता लागू भएकै मतिमा नगरपालिकामा रोजगार संयोजक (अधिकृत स्तर छैठौं) र रोजगार सहायक (सहायक स्तर पाँचौं) को विज्ञापन आह्वान गरिएको छ ।
२०८० चैत २२ गते बिभिन्न पदका लागि गरिएको पदपूर्ती सम्बन्धी सूचना अनुसार र २०८१ कात्तिक २१ गतेको नगर कार्यपालिकाको निर्णय अनुसार रद्द गरी विज्ञापनहरुको पुनः विज्ञापन गर्ने निर्णय भएकाले यसअघि गरिएको विज्ञापन रद्द गरी पुनः विज्ञापन गरिएको जनाइएको छ ।
“यसअघि विज्ञापनमा दरखास्त फारम पेश गरेका उम्मेदबारहरुलाई पनि सामेल गराई थप दरखास्त फारम संकलन गर्नका लागि पुनः १५ दिने सूचना प्रकाशित गरिएको छ’ विज्ञापनमा भनिएको छ, ‘साथै माग गरिएका विवरणहरु र राजस्व तिरेको रसीदसहित यस कार्यालयमा निवेदन दिनु हुन अनुरोध छ ।’
यता जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेश कुमार जोशीले निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्थामा बिज्ञापन आह्वान गर्नु आचारसंहिता विपरित भएको बताउँछन् । आचारसंहिता उल्लंघन गरेको पाइएको जानकारी गराउँदा नगरपालिकाले तत्कालै बिज्ञापन स्थगित गरेको निर्वाचन कार्यालयका प्रमुख जोशीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ