News Category 2081/08/12
घरमै थला परेका मजदुरको उपचारका लागी सहयोग जुट्दै
दैनिक समाचारदाता
राजविराज, १२ मंसिर ।
नशा च्यापिएर उपचार गर्न असमर्थ रहेका विगत एक महिनादेखी घर मै राखिएका एक मजदुरको उपचारका लागी पहल र सहयोग जुट्न थालेको छ ।
पेशाले मजदुर रहेका राजविराज ६ निवासी रमेश सदाको उपचारका लागी वडा र नगरपालिका कार्यालयले पहल थालेको छ ।
यसै क्रममा सदाकी पत्नी रम्भालाई बुधवार वडाअध्यक्ष शशी चौधरीले श्रीमानको उपचार गराउन १० हजार रुपैया सहयोग गरेका छन ।
यसका अतिरिक्त उनले राजविराज नगरपालिका कार्यालयबाट सदाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा छुटका लागी विपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गत पाउनु पर्ने उपचार सुविधाको सिफारिश पत्र समेत उपलब्ध गराएका छन ।
सदाको उपचाका लागी राजविराज नगरपालिकाले समेत ५० हजारको सहयोग गर्ने तयारी गरेको कार्यवाहक नगरप्रमुख इसरत परवीनले बताइन ।
पेशाले मजदुर २७ वर्षिय सदा एक महिना अघि घर ढलान गर्ने क्रममा सिमेन्टको बोरा बोकेर लादै गर्दा अचानक ढलेर अचेत भएका थिए । उनको टाउँको, घाँटी र ढाडमा चोट लाग्नुका साथै घाँटी र ढाडको नशा च्यापिएको थियो । हिडडुल गर्न नसक्ने अवस्थामा रहेका सदाको उपचारमा डेढ लाख रुपैया लाग्ने भएपछी रकम अभावमा उनलाई अहिले घरकै ओच्छ्यान मै राखिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ