News Category 2081/08/12
संसदीय समितीको टोलीद्वारा राजविराज कारागार र थुनुवा कक्षको निरिक्षण
दैनिक समाचारदाता
राजविराज, १२ मंसिर ।
कानुन, न्याय तथा मानव अधिकार संसदीय समितीको टोलीले बुधवार राजविराज कारागार तथा प्रहरीको थुनुवा कक्षको निरिक्षण गरेको छ । संसदीय समितीद्वारा कारागार र थुनुवा कक्षको निरिक्षण गरिएको यो पहिलो पटक हो ।
समितीका सभापती विमला सुवेदी तथा सदस्यहरु रन्जु ठाकुर, पुष्प बहादुर शाह, शेर बहादुर कुवँर, नविना यादव र प्रतिक्षा तिवारी सम्मिलित टोलीले राजविराज कारागार तथा जिल्ला प्रहरी कार्यालय सप्तरीस्थित थुनुवा कक्षको निरिक्षण गर्दै आवश्यक जानकारी लिएको छ ।
सो क्रममा थुनुवा कक्ष तथा कारागारमा रहेका कैदी÷बन्दी सँग समस्याबारे साक्षात्कार गर्नुका साथै समाधान र सुधारका लागी गरिनु पर्ने कार्यहरुबारे सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीहरु सँग टोली सुझाव समेत लिएको छ ।
यसबारे जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित छलफलमा प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले थुनुवाको अवस्था तथा विद्यमान समस्याका बारेमा संसदीय टोलीलाई जानकारी दिएका थिए ।
यसैगरी सप्तरी कारागरामा विद्यमान समस्या र थुुनुवाको अवस्थाका बारेमा जानकारी गराउँदै संचारकर्मीहरुले राजविराज कारागारको जीर्ण भवन संरचना, क्षमता भन्दा चौब्बर कैदी÷बन्दी राख्दा उत्पन्न समस्या तथा कारागारको बर्षाैदेखी अतिक्रमणमा परेका जग्गा खाली गराउन नसक्दा थपिएको सुरक्षा चुनौती लगायतका समस्या उठान गर्दै समाधानका लागी पहल गर्न सुझाव दिएका थिए ।
टोलीकी सदस्य सांसद रञ्जु कुमारी ठाकुरले हिरासतमा रहेका बन्दीहरुको अवस्था, समस्या, अधिकार, कारागार र थुनुवाकक्ष भवन संरचनाको अवस्था लगायतका विषयमा टोलीले अध्ययन गरी समाधानका उपायसहित सरकारलाई प्रतिवेदन बुझाउने बताईन । उनले विगतका कानुनमा देखिएका त्रुटिमा सुधार र आवश्यक पर्ने विषय समेटेर परिर्माजनका लागी समेत यस्तो निरिक्षण फलदायी हुने विश्वास ब्यक्त गरिन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ