News Category 2081/08/14
उपचारको अभावमा थला परेका रमेशलाई रावि नपाद्वारा आर्थिक सहयोग
दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।
नशा च्यापिएर उपचार गर्न असमर्थ रहेका विगत एक महिनादेखी घर मै राखिएका एक मजदुरको उपचारका लागी राजविराज नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
राजविराज ६ निवासी मजदुर पेशामा रहेका रमेश सदाको उपचारका लागी नगरपालिकाले ५० हजार आर्थिक सहयोग गरेको हो ।
शुक्रबार नगरपालिका कार्यवाहक प्रमुख इसरत परविन सदाको घरमै पुगि उनकी पत्नि रम्भालाई ५० हजारको चेक हस्तान्तरण गरेकी छिन् ।
यसअघि बुधबार वडा नं. ६ का अध्यक्ष शशी चौधरीले पनि श्रीमानको उपचार गराउन रम्भालाई १० हजार रुपैया सहयोग गरेका थिए ।
यसका अतिरिक्त राजविराज नगरपालिका कार्यालयबाट सदाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा छुटका लागी विपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गत पाउनु पर्ने उपचार सुविधाको सिफारिश पत्र समेत उपलब्ध गराएका छन ।
पेशाले मजदुर २७ वर्षिय सदा एक महिना अघि घर ढलान गर्ने क्रममा सिमेन्टको बोरा बोकेर लादै गर्दा अचानक ढलेर अचेत भएका थिए । उनको टाउँको, घाँटी र ढाडमा चोट लाग्नुका साथै घाँटी र ढाडको नशा च्यापिएको थियो । हिडडुल गर्न नसक्ने अवस्थामा रहेका सदाको उपचारमा डेढ लाख रुपैया लाग्ने भएपछी रकम अभावमा उनलाई अहिले घरकै ओच्छ्यान मै राखिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
- 2082/12/18 सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
- 2082/12/18 चैते धानबालीको उत्पादनमा वृद्धि हुने
- 2082/12/18 आजदेखि एसईई परीक्षा, परीक्षा मर्यादित होस्
- 2082/12/17 काजमा रहेका पाँच चिकित्सक गजेन्द्र नारायण सिंह अस्पतालमा फिर्ता
- 2082/12/16 पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
- 2082/12/16 काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ