News Category 2081/08/14
मधेस प्रदेशका गृहमन्त्री लेखीलाई भूमिगत समूह जनतान्त्रिकको धम्की
दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।
मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलाई भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइतले धम्की दिएका छन् ।
भारतीय नम्बरवाट ह्वाटस ऐपमा फोन गरी आर्थिक सहयोग माग गरेको र आफुले दिन अस्विकार गरेपछि आफुलाई धम्की दिएको गृह, सञ्चार तथा कानून मन्त्रालय मधेश प्रदेशको सभाहलमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री लेखीले जानकारी दिएका हुन् ।
आफुलाई गोइतले पटक–पटक फोन गरेर आर्थिक सहयोग मागेको र आफु दिन अस्विकार गरेपछि तेस्रो पटक फोन गर्दा धम्कीपूर्ण भाषामा “तपाईले पैसा कसरी दिने हो त्यो मलाइ थाहा छ” भनेर गोइतले धम्की दिएको मन्त्री लेखीले बताए ।
यस सम्बन्धमा प्रदेशको सुरक्षा वैठकमै प्रहरी अधिकारीहरुलाई जानकारी समेत गराइसकेको उनले जानकारी दिए ।
आफुले चार जिल्ला रौतहट, धनुषा, सिरहा र सप्तरीका केही प्रहरी चौकी र इलाका प्रहरी कार्यालयको अवलोकन निरिक्षण गर्दा प्रहरी इन्र्चाजहरु नै प्रहरी अनुसाशनको पालना नगरेको पाइएको भन्दै उनले नागरिकप्रति जिम्मेवार भएर कामकाज गर्नका लागि सुरक्षा वैठकमा प्रहरी अधिकारीहरुलाई आग्रह गरेको जनाए ।
आफु पारदर्शीरुपमा कार्यक्रमहरु गर्न खोज्दा एउटा मिडियाले भक्ताकै लागि कार्यक्रम गरेको भनेर भ्रम फैलाउने किसिमले समाचार समप्रेसन गरेको भन्दै भक्तको निमित्त नभएर सचेतनाको लागि मन्त्रालयले कार्यक्रम गरेको स्पष्ट पार्दै सरकारको कमी कमजोरीको वारेमा औल्याउनु राम्रो कुरा भएपनि पित पत्रकारिता गर्नु राम्रो कुरा नभएको उनको भनाई छ ।
सबैले अचार सहिंताको पालना गर्नु पर्नेमा जोड दिदै उनले मन्त्रालयले आफु आएको चार महिनामा चार वटा कार्यक्रम मात्रै गरेको पत्रकारहरुलाई जानकारी गराए ।
सोही पत्रकार सम्मेलनमा उनले जनकपुरधाममा मनाइने साताव्यापी सिता राम विवाह पञ्चमी महोत्सव र बाराको गढीमाइ मेलामा बाहिरबाट आउने तिर्थयात्री र श्रद्धालुहरुको सहजताको लागि सरोकारवाला विभिन्न पक्षसँग समन्वय भइरहेको र बाराको बरियारपुरमा मंसिर १५ गते शनिबार ११ वजे सुरक्षा वैठककै आयोजना गरिएको बताए ।
विवाह पञ्चमी महोत्सवमा १४ सय भन्दा बढी सुरक्षाकर्मी जनकपुरधाममा परिचालन गर्ने स्थानीय प्रशासनले जानकारी गराएको उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ