News Category 2081/08/14
मधेस प्रदेशका गृहमन्त्री लेखीलाई भूमिगत समूह जनतान्त्रिकको धम्की
दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।
मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलाई भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइतले धम्की दिएका छन् ।
भारतीय नम्बरवाट ह्वाटस ऐपमा फोन गरी आर्थिक सहयोग माग गरेको र आफुले दिन अस्विकार गरेपछि आफुलाई धम्की दिएको गृह, सञ्चार तथा कानून मन्त्रालय मधेश प्रदेशको सभाहलमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री लेखीले जानकारी दिएका हुन् ।
आफुलाई गोइतले पटक–पटक फोन गरेर आर्थिक सहयोग मागेको र आफु दिन अस्विकार गरेपछि तेस्रो पटक फोन गर्दा धम्कीपूर्ण भाषामा “तपाईले पैसा कसरी दिने हो त्यो मलाइ थाहा छ” भनेर गोइतले धम्की दिएको मन्त्री लेखीले बताए ।
यस सम्बन्धमा प्रदेशको सुरक्षा वैठकमै प्रहरी अधिकारीहरुलाई जानकारी समेत गराइसकेको उनले जानकारी दिए ।
आफुले चार जिल्ला रौतहट, धनुषा, सिरहा र सप्तरीका केही प्रहरी चौकी र इलाका प्रहरी कार्यालयको अवलोकन निरिक्षण गर्दा प्रहरी इन्र्चाजहरु नै प्रहरी अनुसाशनको पालना नगरेको पाइएको भन्दै उनले नागरिकप्रति जिम्मेवार भएर कामकाज गर्नका लागि सुरक्षा वैठकमा प्रहरी अधिकारीहरुलाई आग्रह गरेको जनाए ।
आफु पारदर्शीरुपमा कार्यक्रमहरु गर्न खोज्दा एउटा मिडियाले भक्ताकै लागि कार्यक्रम गरेको भनेर भ्रम फैलाउने किसिमले समाचार समप्रेसन गरेको भन्दै भक्तको निमित्त नभएर सचेतनाको लागि मन्त्रालयले कार्यक्रम गरेको स्पष्ट पार्दै सरकारको कमी कमजोरीको वारेमा औल्याउनु राम्रो कुरा भएपनि पित पत्रकारिता गर्नु राम्रो कुरा नभएको उनको भनाई छ ।
सबैले अचार सहिंताको पालना गर्नु पर्नेमा जोड दिदै उनले मन्त्रालयले आफु आएको चार महिनामा चार वटा कार्यक्रम मात्रै गरेको पत्रकारहरुलाई जानकारी गराए ।
सोही पत्रकार सम्मेलनमा उनले जनकपुरधाममा मनाइने साताव्यापी सिता राम विवाह पञ्चमी महोत्सव र बाराको गढीमाइ मेलामा बाहिरबाट आउने तिर्थयात्री र श्रद्धालुहरुको सहजताको लागि सरोकारवाला विभिन्न पक्षसँग समन्वय भइरहेको र बाराको बरियारपुरमा मंसिर १५ गते शनिबार ११ वजे सुरक्षा वैठककै आयोजना गरिएको बताए ।
विवाह पञ्चमी महोत्सवमा १४ सय भन्दा बढी सुरक्षाकर्मी जनकपुरधाममा परिचालन गर्ने स्थानीय प्रशासनले जानकारी गराएको उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ