News Category 2081/08/17
हरेक प्रदेशमा महिलालाई उद्यमशील बनाउनुपर्छ ः डा. कोइराला
दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देश आर्थिक समृद्धितिर लग्न हरेक प्रदेशमा महिलालाई उद्यमशील बनाउनुपर्नेमा जोड दिएका छन् ।
जय नेपाल फाउन्डेशन जिल्ला कार्यसमिति सप्तरीको आयोजनामा सोमबार राजविराजमा गरिएको विचार गोष्ठीमा बोल्दै नेता कोइरालाले सो कुरामा जोड दिएका हुन् ।
मधेशले संविधानमा सुधार र समावेशी सहभागिता चाहेकोले त्यसलाई काँग्रेसले संस्थागत गर्न अघि बढ्नुपर्ने उनले बताए । सुशासन र आर्थिक विकासको निम्ती गठवन्धन गरेको यो सरकारको काम कारवाही जनताले अपेक्षा गरे झै नदेखिएको जिकिर समेत गरे ।
“सरकारको १८ खर्वको बजेट छ । प्रत्येक वर्ष ३ खर्व ऋण तिर्न जान्छ । ३ खर्ब विकासीय बजेट अर्थात पुँजीगत बजेट हो । वर्षेनी १२ खर्ब भइरहेको चालू खर्च घटाउन सकेका छैनौ । यो अवस्थामा हाम्रो देश चलेको छ ।” उनले भने ।
जय नेपाल फाउन्डेसनका केन्द्रीय अध्यक्ष बद्री आचार्यको उपस्थिति समेत रहेको विचार गोष्ठी कार्यक्रममा मधेस प्रदेशका सबै जिल्लाका नेता तथा कार्यकर्ताहरू र कोशी प्रदेशका सुनसरी, मोरङ लगायतका जिल्लाका नेता जिल्ला अध्यक्षहरूको समेत सहभागिता रहेको फाउन्डेसनका जिल्ला अध्यक्ष अर्जुन प्रसाद साहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/20 मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
- 2082/09/20 कारले मोटरसाइकललाई ठक्कर दिदा पत्रकार कर्ण घाइते
- 2082/09/20 सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
- 2082/09/18 वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
- 2082/09/18 जगन्नाथ रथयात्राको तयारी पुरा
- 2082/09/18 कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति
- 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
- 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
- 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ