News Category 2081/08/20
विरामीसँग मैत्रिपुर्ण व्यवहार तथा विरामीलाई आवश्यक परेका चिकित्सक मिलाउन निर्देशन
दैनिक समाचारदाता
राजविराज, २० मंसिर ।
मधेश प्रदेशका पूर्व शिक्षमन्त्री महेश प्रसाद यादवले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको निरिक्षण गरी आवश्यक जानकारी समेत लिएका छन ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी समेतलाई साथ लिई अस्पतालको वार्ड÷वार्डमा पुगेर प्रदेश सभासदस्य यादवले उपचार व्यवस्था, सरसफाई, विरामीको समस्या तथा सुधार्नु पर्ने पक्षका बारेमा जानकारी लिदै अस्पताल प्रशासनलाई आवश्यक निर्देशन समेत दिएका छन ।
निरक्षणका क्रममा संचारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिदै उनले अस्पतालका विरामीहरुलाई दिनु पर्ने औषधी र उपचार, विरामीसँग मैत्रिपुर्ण व्यवहार तथा विरामीलाई आवश्यक परेका बखत चिकित्सकको उपलब्धता मिलाउन लगायतका विषयमा मेसु तिवारीलाई निर्देशन दिएका थिए ।
उनले अस्पताल आउने निम्नआय भएका सबै विरामीलाई समेत गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउने व्यवस्था मिलाउन आफुले समेत पहल गर्ने प्रतिबद्धता जनाए ।
जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका उनले विरामीको सेवामा समर्पित चिकित्सकहरुको भुमिका मानवीय भावनाले ओतप्रोत रहनु पर्ने भन्दै त्यसलाई गजेन्द्र नारायण सिह अस्पतालका चिकित्सकहरुले पनि प्रमाणित गरेर देखाउन आग्रह गरे ।
सो क्रममा मेसु तिवारीले अस्पतालमा आएका विरामीहरुलाई उपलब्ध जनशक्ती तथा उपकरणको आधारमा सके सम्म गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरिरहेको जानकारी दिदै थप जनशक्ती र उपकरण उपलब्ध भएमा अझै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल सक्षम हुने बताएका थिए ।
निरिक्षण टोलीमा जनमत पार्टीका जिल्ला इन्र्चाज रामगमन साहका साथै स्थानीय नेता÷कार्यकता तथा संचारकर्मीहरुको समेत सहभागित थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ