News Category 2081/08/20
विरामीसँग मैत्रिपुर्ण व्यवहार तथा विरामीलाई आवश्यक परेका चिकित्सक मिलाउन निर्देशन

दैनिक समाचारदाता
राजविराज, २० मंसिर ।
मधेश प्रदेशका पूर्व शिक्षमन्त्री महेश प्रसाद यादवले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको निरिक्षण गरी आवश्यक जानकारी समेत लिएका छन ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी समेतलाई साथ लिई अस्पतालको वार्ड÷वार्डमा पुगेर प्रदेश सभासदस्य यादवले उपचार व्यवस्था, सरसफाई, विरामीको समस्या तथा सुधार्नु पर्ने पक्षका बारेमा जानकारी लिदै अस्पताल प्रशासनलाई आवश्यक निर्देशन समेत दिएका छन ।
निरक्षणका क्रममा संचारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिदै उनले अस्पतालका विरामीहरुलाई दिनु पर्ने औषधी र उपचार, विरामीसँग मैत्रिपुर्ण व्यवहार तथा विरामीलाई आवश्यक परेका बखत चिकित्सकको उपलब्धता मिलाउन लगायतका विषयमा मेसु तिवारीलाई निर्देशन दिएका थिए ।
उनले अस्पताल आउने निम्नआय भएका सबै विरामीलाई समेत गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउने व्यवस्था मिलाउन आफुले समेत पहल गर्ने प्रतिबद्धता जनाए ।
जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका उनले विरामीको सेवामा समर्पित चिकित्सकहरुको भुमिका मानवीय भावनाले ओतप्रोत रहनु पर्ने भन्दै त्यसलाई गजेन्द्र नारायण सिह अस्पतालका चिकित्सकहरुले पनि प्रमाणित गरेर देखाउन आग्रह गरे ।
सो क्रममा मेसु तिवारीले अस्पतालमा आएका विरामीहरुलाई उपलब्ध जनशक्ती तथा उपकरणको आधारमा सके सम्म गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरिरहेको जानकारी दिदै थप जनशक्ती र उपकरण उपलब्ध भएमा अझै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल सक्षम हुने बताएका थिए ।
निरिक्षण टोलीमा जनमत पार्टीका जिल्ला इन्र्चाज रामगमन साहका साथै स्थानीय नेता÷कार्यकता तथा संचारकर्मीहरुको समेत सहभागित थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/22 कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
- 2082/02/22 कोशीमा एक पुरुषको शव फेला
- 2082/02/22 मोटरसाइकल अनियन्त्रित भई डिभाईडरमा ठोकिदा चालकको मृत्यु, एक गम्भिर घाइते
- 2082/02/22 विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
- 2082/02/21 आर्थिक वर्षको पूर्वसन्ध्यामा राजविराज नगरपालिकामा एकपछी अर्को आन्दोलन, सरसफाई कर्मचारी, घाइतेको उपचार खर्च माग्दै गरिएको आन्दोलन नसकिदै अब कर्मचारी नै आन्दोलित
- 2082/02/21 सन्दर्भ ः विश्व वातावरण दिवस, जलवायु परिवर्तनको चुनौति र हाम्रो दायित्व
- 2082/02/20 तिलाठी कोइलाडीका दुई कर्मचारी सहित पाँचजना विरुद्ध विशेष अदालतमा आरोपपत्र
- 2082/02/20 सडक स्तरोन्नतीको माग गर्दै राजविराजमा चक्काजाम
- 2082/02/20 चार महिनाको गर्भवती रहेकी २० वर्षिया युवतीको बिजोग
- 2082/02/19 सेना बिपद् प्रतिकार्यका लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्छ ः मन्त्री लेखी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ