News Category 2081/09/03
विकासीय काममा सबै दलको समन्वय आवश्यक छ ः डा. राउत
दैनिक समाचारदाता
राजविराज, ३ पुस ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले विकासीय काममा सबै दलको समन्वय आवश्यक रहेको बताएका छन् ।
जिल्ला समन्वय समिति सप्तरीद्वारा बुधबार राजविराजमा आयोजित “संघीय तथा प्रादेशीक कार्यालय एवम् स्थानीय तहहरुबाट संचालित तथा सम्पादित कार्यहरुको बार्षिक प्रगति समिक्षा गोष्ठी” मा बोल्दै उनले यस्तो बताएका हुन् ।
“विकासीय कार्यमा राजनीति रंग दिनुभन्दा पनि सबै दलले सहयोग र सहकार्य गर्न सके जिल्लाको विकासमा कुनै वाधा र अवरोध आउँदैन” उनले भने, “सप्तरीको विकास निर्माणका विषयमा पनि आफ्नो पार्टीले सकेसम्म सहयोग गरिरहेको छ ।”
अध्यक्ष राउतले विकासको काममा कसैले वाधा नपु¥याई अन्य राजनीतिक दलहरुले पनि यसमा साथ दिनुपर्ने जिकिर गरे । आफुहरु बिकास बजेट परिचालन गर्ने स्थानमा नभई नीति निर्माणको जिम्मेवारीमा रहेको प्रष्ट्याउँदै उनले विकास लगायत जनताका समस्या हेर्ने जिम्मेवारी केन्द्रका बाहेक प्रदेश र स्थानीय तहको हुने बताए ।
सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य समेत रहेका डा. राउतले जिल्लामा रसायनिक मलको अभाव कम गर्नका लागि यसको सही बिक्री वितरणका बारेमा स्थानीय तहका जनप्रतिनिधिले पनि उत्तिकै जिम्मेवारी र चासो देखाउनुपर्नेमा जोड दिए ।
सोही कार्यक्रममा बोल्दै प्रदेश सांसद किरण कुमारी साहले बिटौरी समस्या समाधान नहुँदा राजविराज नगरपालिका क्षेत्रभित्र साविकदेखि बसोवास गर्दै आएका ५ हजार परिवार प्रभावित बनेको बताउँदै यसको समाधानका लागि पहल गरिदिन हुन प्रतिनिधिसभा सदस्य समेत रहेका डा. राउत ध्यानाकर्षण गराईन । उनले बिटौरी जग्गा बाहकहरुको नाममा अझै लालपुर्जा नआएको भन्दै त्यसबाट विभिन्न समस्या खेप्नुपरिरहेको उल्लेख गरिन् ।
जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सांसद महेश प्रसाद यादव, राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीन, जनमत पार्टीका जिल्ला इन्चार्ज रामगमन साह, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष प्रताप नारायण चौधरी लगायतले जिल्लाको विकासका लागि समेटिनुपर्ने योजना र त्यसको प्रभावकारी कार्यान्वयन बारे आ–आफ्नो सुझाव राखेका थिए ।
दुई दिनसम्म चल्ने कार्यक्रममा जिल्लाका १८ वटै पालिकाका प्रमुख तथा विभिन्न कार्यालयका प्रमुखहरुको सहभागिता रहेको छ । कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समितिका प्रमुख प्रशासकीय अधिकृत कुन्दन कर्णले गरिरहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ