News Category 2081/09/05
जिल्लाको विकासका लागी समन्वय समितिद्वारा ४० बुंदे खाका सार्वजनिक
दैनिक समाचारदाता
राजविराज, ५ पुस ।
सप्तरी जिल्लाको विकासका लागी जिल्ला समन्वय सप्तरीले शुक्रबार ४० बुँदे खाका सार्वजनिक गरेको छ ।
जिल्ला सभामा जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साहले जिल्लाको समग्र विकासका लागी ४० बुँदे खाका सार्वजनिक गरेका हुन ।
जिल्ला सभामा बजेट, नीति तथा कार्यक्रम सँगै उनले जिल्लाका सवै पालिका, प्रदेश सांसद र संघीय सांसदलाई समेटेर तयार पारेको विकास निर्माणको खाका सार्वजनिक गरेका हुन ।
सार्वजनिक गरिएको खाकामा जिल्लाका विभिन्न सडकको स्तरोन्नती, शिक्षा, संचार र पर्यटनको विकासमा जोड दिइएको छ । उनले सार्वजनिक गरेको खाकामा सडकको स्तरोन्नती, जिल्लाका सबै नगर र गाउँपलिकाका केन्द्रहरु बाह्रै महिना चल्ने कालोपत्रे सडकबाट सदरमुकाम राजविराजलाई जोड्ने, नगरपालिकामा सुविधा सम्पन्न वसपार्क निर्माण गर्ने, प्रत्येक पालिकामा १÷१ सभागृह, बहुउद्देश्यीय कभर्डहल र खेलमैदान निर्माण, चुरे पर्वतको सरक्षण, खानेपानी, सिचाई तथा पर्यटनको एकिकृत प्याकेजको रुपमा अगाडी बढाउन पहल गरिने उल्लेख छ ।
सिचाई सुविधाको विस्तारका लागी चन्द्र नहर र कोशी पम्प नहरको क्षमता विकास, पालिकाहरुलाई आगामी एक वर्ष भित्र बालमैत्री पालिका घोषणा,निरक्षरताको पुर्ण अन्त्य, सबै पालिकामा एक÷एक बृद्धाआश्रम आरोग्य केन्द्रको स्थापना पनि उनले तयार पारेको खाकामा समेटेका छन ।
यस्तै जिल्लाका प्रसिद्ध शक्तीपीठ छिन्नमस्ता, कंकालिनी, राजदेवी, शम्भुनाथ, भगवती, डाक्नेश्वरी, गिद्धखोर, कृष्णाराम मरौटी, लोहजराको भेडिया मठमन्दिर लगायत क्षेत्रको दिर्घकालिन पर्यटन गुरु योजना तयार गरी सोही अनूरुप कार्यक्रम अघि बढाइने प्रमुख साहद्वारा सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सो क्रममा उनले हाल राज्यबाट जिल्ला समन्वय समितिलाइ प्रदान गरिएको निकै नै संकुचित भुमिका र जिम्मेवारीले संविधानतः गठन भएको निर्वाचित संस्थाको अवमूल्यन भएको भन्दै असन्तुष्टि समेत पोखे ।
कार्यक्रमका प्रमुख अतिथी संघीय साँसद दिनेश कुमार यादवले जिल्ला समन्वय समिती सप्तरीद्वारा जिल्ला सभामा प्रस्तुत नीति तथा कार्यक्रम र विकास निर्माणको खाकाले जिल्लाको समग्र विकासमा महत्वपुर्ण योगदान पु¥याउने भन्दै यसका लागी सबै जनप्रतिनीधी एक भएर अघि बढ्नु पर्नेमा जोड दिए ।
जिल्ला समन्वय अधिकारी कुन्दन कर्णद्वारा संचालित कार्यक्रममा प्रदेश सांसद, विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, कार्यालय प्रमुख, राजनीतिक दलका प्रतिनिधीका साथै सुरक्षा निकायका प्रमुखहरु र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ