News Category 2081/09/08
पाँच वर्ष अघि नाबालकको हत्यामा संलग्न फरार सबालक पक्राउ
दैनिक समाचारदाता
राजविराज, ८ पुस ।
पाँच वर्षअघि एक नाबालकको हत्यामा संलग्नता रहेको कसुरमा जिल्ला र तत्तकालिन पुनरावेदन अदालतले कैद सजाय फैसला गरि फरार रहेका एक युवालाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ का २१ वर्षिय एक युवा रहेको प्रहरीले जनाएको छ । घटनाका बेला भने उनी नाबालक रहेकाले उनको नाम भने प्रहरीले खोलाएका छैनन् ।
अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा पक्राउ परेका उनलाई सोमबार नै कैद सजाय भुक्तानका लागि बालसुधार गृह बिरगंज पर्सामा पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार ती २१ वर्षिय युवा (तत्तकालिन १६ वर्षिय नाबालक) सहित तीन जना मिलेर २०७६ साल चैत ३० गते सोही स्थानका नाबालक सुरज साहको हत्या गरि कोशी तटबन्धको झारीमा शव फ्याकी फरार भएका थिए । हत्याको अभियोग लागेका तीन जना मध्ये एक जना सबालक र दुई जना नाबालक थिए । जसमा एक सबालक र एक नाबलकले अदालतको फैसला अनुसार कैद सजाय भोगिरहेका छन् ।
तीनै जना अभियुक्तहरुलाई उक्त कर्तव्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतले २५ वर्षको कैद सजायको फैसला सुनाएको थियो । पछि अभियुक्तहरुले पुनरावेदन गरेपछी तत्कालिन पुनरावेदन अदालत राजविराजले कैद सजाय घटाई उनीहरुलाई जनही १२ वर्ष ६ महिना कैद सजाय हुने फैसला गरेको थियो ।
इलाका प्रहरी कार्यालय भारदह सप्तरीबाट खटिएको प्रहरी टोलीले ती युवालाई आइतबार खोजतलास गरी पक्राउ गरी जिल्ला अदालत राजविराजमा दाखिला गरि अदालतको आदेशानुसार बालसुधार गृह बिरगंज पर्सा पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ