News Category 2081/09/10
९० हजार अपाङ्गता भएका व्यक्ति भएको सप्तरीमा १५ हजारलाई मात्र परिचयपत्र
दैनिक समाचारदाता
राजविराज, १० पुस ।
९० हजार अपाङ्गता भएका व्यक्ति भएको सप्तरीमा १५ हजारले मात्र अहिलेसम्म अपाङ्गता परिचयपत्र पाएको खुलासा भएको छ ।
बुधबार सबल नेपालको सहयोगमा सगरमाथा अपाङ्ग कल्याण संघ सप्तरीले आयोजना गरेको “जिल्लास्तरिय सरोकारवालाबीच अपाङ्गताका सवालमा अन्तरसम्वाद” कार्यक्रममा संघका अध्यक्ष बलदेव कुमार मण्डलद्वारा प्रस्तुत प्रतिवेदन र जारि घोषणा पत्रले यस्तो खुलासा गरेको हो ।
प्रस्तुत प्रतिवेदन र घोषणा पत्रमा ६ लाख जनसंख्या रहेको सप्तरीमा विभिन्न खाले अपाङ्गता भएका व्यक्तिको संख्या ९० हजार पुगेपनि राज्य पक्षबाट उनीहरुका लागि खासै सेवा सुविधा उपलब्ध हुन नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरिएको छ ।
९० हजारको संख्यामा अपाङ्गता भएका व्यक्तिहरु जिल्लामा रहेपनि हालसम्म १५ हजार जतिले मात्र अपाङ्गता परिचयपत्र पाउन सकेकोमा चिन्ता व्यक्त गर्दै उनले बाँकी रहेकाहरुलाई पनि अविलम्ब प्रक्रिया पुरा गरेर परिचयपत्र उपलब्ध गराउनु पर्ने माग गरे ।
अपाङ्गता भएका व्यक्तिको समानता र समावेशीताका लागि अझ संघर्ष गर्नुपर्ने आवश्यकता समेत प्रतिवेदन र घोषणापत्र मार्फत औल्याइएको छ । सो अवसरमा अध्यक्ष मण्डलले अपाङ्गता भएका व्यक्तिहरुको हकहित र अधिकारका लागि सरोकारवालाहरुसँग सम्वाद थालिएको र यसले उनीहरुलाई समाजमा सम्मानपूर्वक बाच्ने अधिकार प्राप्तिमा सहयोग पु¥याउने विश्वास समेत व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहलाई उनले अपाङ्गता भएका व्यक्तिहरुको समस्या समेटिएको २७ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै समस्या समाधानका लागि अगुवाई र पहल गरिदिन आग्रह समेत गरे ।
सरोकारवाला निकायका प्रमुख र प्रतिनिधिहरुको भेला गराएर अपाङ्गताको सवालमा अन्तरसम्वाद कार्यक्रममार्फत बहस चलाइएको र यसले सार्थक परिणाम ल्याउने उनको विश्वास छ ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादव, प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडा, जिल्ला समन्वय अधिकारी कुन्दन कर्ण, सबल नेपालका प्रतिनिधि निरबहादुर आले, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवका साथै जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय तथा संघसंस्थाका प्रमुख र प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ