News Category 2081/09/13
राजविराजमा रथ यात्रामा जनसागर
दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
राजविराजमा शनिबार भगवान जगन्नाथको भव्य रथयात्रा निकालिएको छ । हजारौंको सहभागितामा स्थानीय श्री लक्ष्मी नारायण राधाकृष्ण मन्दिरबाट भगवान जगन्नाथको रथयात्रा निकालिएको हो ।
रथयात्रामा मधेश प्रदेशका मुख्यमन्त्री सशितकुमार सिंह, प्रदेश सांसद महेश यादव, जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविन, तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख अरुण मण्डलका साथै विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, युवायुवती, बृद्धबृद्धा गरि २० हजारको हाराहारीमा भक्तजन सहभागि भए ।
नरिवल फुटाएर रथयात्राको शुभारम्भ गरेका मुख्यमन्त्री सिंहले बहुधार्मिक, बहुसांस्कृतीक र बहुभाषिक नेपाली समाजको विशेषता रहेको बताए । यस्ता धार्मिक आयोजनाले धर्मप्रति आस्था बढाउनुका साथै धार्मिक र आपसी सद्भाव बढाउने काम समेत गर्ने उनको भनाई थियो ।
श्री लक्ष्मी नारायण राधाकृष्ण मन्दिरको समन्वय तथा कृष्णभक्त मण्डल एवं इस्कान राजविराजको संयुक्त आयोजनामा विगत तीन वर्षदेखी सुरु भएको रथयात्रा महोत्सवको रुपमा मनाउन थालिएको आयोजक समितिका हितेश यादवको भनाई छ । भगवान जगन्नाथ, बलदेव र सुभद्राको मूर्ती राखेर तेश्रो संस्करणको यात्रामा प्रयोग गरिएको रथको लम्बाई २२ फिट, चौडाई ११ फिट तथा उचाई १५ फिट रहेको उनले जानकारी दिए ।
यस्तै रथको अग्रभागबाट दायाँ र बाँया फैलिएका ७५ फिट लम्बाईको डोरी तान्न भक्तजनमा तछाडमछाड नै चल्यो । रथयात्रा नगर परिक्रमा पश्चात् पुनः सोही मन्दिरमै पुगेर समापन भएको छ । नगर परिक्रमाका क्रममा सहभागि भक्तजनद्वारा लगाइएको हरेरामा हरेकृष्णाको नाराले नगर गन्ज्यमान भएको थियो ।
रथयात्रामा सप्तरीका साथै सुनसरी, मोरङ, सिरहा, धनुषा तथा भारतको बृन्दावन, मायापुर, मथुरा, दरभंगा, मधुवनी लगायतका स्थानबाट समेत साधुसन्त र भक्तजन सहभागि हुन आएका थिए ।
प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले रथयात्रामा कुनै अप्रिय घटना हुन नदिन सुरक्षाका लागि ड्रोन क्यामराका साथै पोशाक र सादा पोशाकमा डेढ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ