News Category 2081/09/14
मुख्यमन्त्री सिंहसँग बिहारका मन्त्री निरजको भेट
दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
बालविवाह मुक्त पालिका घोषणाका लागि आईतवार सप्तरीको छिन्नमस्ता पुगेका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भारत विहार राज्यको लोकस्वास्थ अभियन्त्रण मन्त्री निरज कुमार सिंहसँग भेट भएको छ ।
छिन्नमस्ता गाउँपालिकालाई बाल विवाहमुक्त घोषणा समारोहमा जानुपूर्व सोही स्थानमा रहेको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा पुजाआजार गर्न पसेका मुख्यमन्त्री सतिशसँग बिहारका मन्त्री निरजको भेट भएको हो ।
बिहारका मन्त्री सपरिवार पुजाका लागि सोही समयमा मन्दिर पुगेपछि पुजाआजा पश्चात दुवैबीच नेपाल तथा भारतको सीमा क्षेत्रका सुरक्षा व्यवस्था, सडकको स्तरोन्नति लगायतका विषयमा छलफल भएको थियो ।
मुख्यमन्त्री सिंहले बिहार तर्फको न्यौर, डगमारा, कुनौली तथा नेपाल तर्फको छिन्नमस्ता सडक खण्डको स्तरोन्नती एवम् कुनौलीको दशगजामा नेपाल–भारत मैत्रीपूर्ण निर्माणका लागि बिहारका मन्त्री निरजको ध्यानाकर्षण गराएका थिए ।
आफ्ना कुरा सुनेपछि सडक स्तरोन्नति तथा पुल निर्माणले दुवै देशबीचको आवागमणमा अझ सहज हुने भन्दै त्यसका लागि आफ्नो स्तरबाट सक्दो पहल गर्ने बिहारका मन्त्री निरजले आश्वासन दिएको मुख्यमन्त्री सतिशले जानकारी दिएका छन् ।
मुख्यमन्त्री सिंह र बिहारका मन्त्री निरजबीच पारिवारिक सम्बन्ध समेत रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ