News Category 2081/09/15
पहिलो एनपिएल विजेता टोली जनकपुर बोल्टसको सप्तरीमा भव्य स्वागत
दैनिक समाचारदाता
राजविराज, १५ पुस ।
काठमाडौमा सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणका विजेता जनकपुर बोल्टसका खेलाडीहरुलाई सप्तरीमा भब्य स्वागत र सम्मान गरिएको छ ।
मधेश प्रदेशको विभिन्न जिल्लामा ट्रफी परेड गर्दै सोमवार साँझ सप्तरी आइपुगेका जनकपुर बोल्टसका खेलाडीहरुलाई सप्तरी सदरमुकाम राजविराजमा भब्य स्वागत र सम्मान गरिएको हो । विजयोत्सव मनाउने क्रममा राजविराज आइपुगेको टोलीलाई नगरवासीले फुलमाला अबिर तथा विभिन्न उपहारबाट स्वागत तथा सम्मान गरेका छन् ।
बिजेता टिमका खेलाडीलाई ट्रफीसहित नगरपरिक्रमा गराइएको थियो । नगर परिक्रमा पश्चात राजरंगशालामा राजविराज नगरपालिकाद्वारा आयोजित कार्यक्रममा कार्यवाहक नगर प्रमुख इसर परवीनले विजेता टीमका खेलाडीलाई फुलमाला अबिर र कदरपत्रबाट सम्मान गरे ।
विजेता टोली आईपुग्दा साँझ परेकाले रंगशालामा आधा दर्जनभन्दा बढी भ्यापर लाईट प्रयोग गरिएको थियो भने उत्साहित युवाहरुले लगातार आतिशबाजी गरेका थिए ।
विजेता टोलीसंगै आएका जनकपुृर बोल्टसका प्रबन्धक उत्सव वाग्ले, नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य समेत रहेका क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठले पहिलो आयोजनाको विजेता बन्न जनकपुर बोल्टस सफल भएको खुशियालीमा मधेश प्रदेशको ८ वटै जिल्लामा विजयोत्सव मनाउन थालिएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ