News Category 2081/09/15
सशस्त्र प्रहरीद्वारा चिसोबाट जोगिन विपन्न वस्ती मै पुगेर कम्बल वितरण
दैनिक समाचारदाता
राजविराज, १५ पुस ।
सशस्त्र प्रहरीले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका गरिब असहाय, अशक्त तथा विपन्न समुदायका बृद्धबृद्धाहरुलाई कम्बल प्रदान गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नंं.६ गण हेडक्वाटर सप्तरीले सोमवार सो गाउँपालिका १ स्थित बेल्ही टोलका गरिब असहाय, असक्त तथा विपन्न समुदायका एक सय परिवारलाई कम्बल वितरण गरेको हो ।
“सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत गाउँपालिकाको समन्वयमा विपन्न समुदायको पहिचान र सुची तयार गरी १ सय परिवारलाई चिसोबाट जोगिन कम्बल वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वाटर सप्तरीका प्रमुख एवं प्रहरी उपरिक्षक ज्ञानमणी पौडेलले जानकारी दिए ।
उनले आप्mनो संगठनबाट समाजिक उत्तरदायीत्व समेत निर्वाह गर्दै चिसोबाट पीडित विपन्न वर्गलाई सानो सहयोग गरेको बताए । आफुहरुको साधन, श्रोत र क्षमताले भ्याएसम्म थप विपन्न वस्तीका परिवारलाई भविष्यमा समेत सहयोग गर्ने उनको भनाई छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख ढकेन्द्र खतिवडा, राष्ट्रिय अनुसन्धानका प्रमुख सुरेन्द्र कोइराला, तिलाडी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल लगायत समेतले सशस्त्र प्रहरीको तर्फबाट विपन्न समुदायका परिवारलाई कम्बल वितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ