News Category 2081/09/15
संविधान लागु गर्ने दलहरु नै कार्यान्वयनमा उदासिन ः मन्त्री लेखी
दैनिक समाचारदाता
राजविराज, १५ पुस ।
मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले संविधान लागु गर्नका लागि सक्रिय रहेका राजनीतिक दलहरु नै यसको कार्यान्वयनप्रति उदासिन बनेको बताएका छन् ।
आम सञ्चार प्राधिकरण मधेश प्रदेशले सोमवार राजविराजमा आयोजना गरेको साइवर सुरक्षा र एआई सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री लेखीले मुलुकमा बढ्दै गएको राजनीतिक अस्थिरताले जनमानसमा असन्तुष्टि र नैराश्यता बढाएको बताउँदै यसप्रति समयमै ध्यान दिन आवश्यक रहेको टिप्पणी गरे ।
राजनीति अस्थिरताले जनअसन्तुष्टि बढाउँदा स्थानीय प्रदेश र केन्द्र सहित तिनै वटै सरकारको संरचनामाथि प्रश्न उठन सक्ने तर्फ सचेत हुन आवश्यक रहेको बताएउँदै उनले त्यस्तो भए मुलुकको सिंगो संविधानमाथि नै प्रश्न उठन सक्ने कुरामा होस् राख्नु आवश्यक छ ।
संघीयता, स्वायत्तता र समावेशीता वर्तमान संविधान भित्रकै संरचना रहेको कुरा बिर्सन नहुने भन्दै पत्रकार जगतले समेत यस परिवर्तनमा ठुलो योगदान पु¥याएको भन्दै प्रशंसा समेत गरे ।
नेपाल पत्रकार महासंघ सप्तरीको समन्वयमा आयोजित अभिमुखीकरण उद्घाटन सत्रमा प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री महेश प्रसाद यादवले सत्यतथ्यमा आधारित भएर पत्रकार जगतबाट स्वच्छ टिप्पणी आउन आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य किरण कुमारी साहले जिल्लामा बढ्दो महिला हिंसाप्रति पत्रकार जगतका साथै प्रहरी प्रशासनले समेत ध्यान पु¥याउन आवश्यक रहेको बताईन ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्राधिकरणका अध्यक्षका श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, महासंघका पुर्व केन्द्रीय सदस्य अवधेश कुमार झा लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पत्रकार जीवन भण्डारी प्रकाश मैनालीले सहजीकरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ