News Category 2081/09/17
पत्रकारहरुको पेशागत सुरक्षाका लागी प्रदेश सरकार लागिपरेको छ ः मुख्यमन्त्री सिंह
दैनिक समाचारदाता
राजविराज, १७ पुस ।
नेपाल पत्रकार महासंघ सप्तरीको नवनिर्वाचित पदाधीकारीहरुको प्रमाणपत्र वितरण एवं पदस्थापना कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश पत्रकारहरुको पेशागत सुरक्षाका लागी एक लाख रुपैयाको स्वास्थ्य विमा तथा ७ लाख रुपैयाको दुर्घटना विमासहित उच्च शिक्षाका लागी छात्रबृतिको व्यवस्था गरिएको जानकारी दिएका छन् ।
उनले पत्रकारहरुको गुणस्तरमा बृद्धि तथा संस्थागत विकासका लागी समेत प्रदेश सरकारले साधन श्रोतले भ्याए सम्म थप सहयोग गरेर देखाउने प्रतिबद्धता समेत जनाए ।
उनले प्रदेश सरकार प्रदेशवासीको भावना अनुसार काम गरीरहेको दाबीका साथ भए÷गरेका सकारात्मक कुरालाई संचारक्षेत्रले उचित स्थान दिनु पर्नेमा जोड समेत दिए । “आफुले प्रदेशको नेतृत्व सम्हालेको छोटो समय मै प्रदेशको विकासका लागी थुप्रै योजनाहरु अगाडी बढाइरहे पनि सकारात्मक भन्दा नकारात्मक कुरा मिडीयामा बढी आउनु दुखःद छ, मुख्यमन्त्री सिंहले भने–सरकारका सकारात्मक कुरालाई पनि पत्रकारहरुले उचित स्थान दिनु जरुरी छ ।”
बिरोधका लागी मात्र बिरोध नगरौ, सकारात्मक ढंगले पनि कलम चलाउनु पर्छ, उनले थपे । उनले अन्य क्षेत्र जस्तै पत्रकारीता क्षेत्र पनि सरकारको उच्च प्राथमिक्तामा परेको बताए ।
सोही कार्यक्रममा प्रदेश सांसद एंव पत्रकार महासंघ सप्तरीका पूर्वसहसचिव माला कर्णले पत्रकारीता जगत आवाज विहीनहरुको आवाज भएको भन्दै सधै पीडीतको पक्षमा कलम चलाउन पत्रकारहरुको जिम्मेवारी रहेको बताईन ।
गत २८ मंसिरमा भएको निर्वाचनबाट श्रवण देवको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिती निर्वाचित भएको थियो । निर्वाचितहरुलाई प्रमुख अतिथी मुख्यमन्त्री सिंह तथा निर्वाचन समितीका संयोजक प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख शिवनारायण साह, पत्रकार महासंघका केन्द्रीय सदस्य द्वय ललिता साह, राजु विश्वकर्मा, प्रदेश उपाध्यक्ष अम्बिका दाहाल, पूर्वसभापतिहरु विष्णु मण्डल, मुरलीप्रसाद यादव, धिरेन्द्र प्रसाद साह, व्याश शंकर उपाध्याय, प्रेस यृुनियन सप्तरीका अध्यक्ष विनय लाल कर्ण, समाजवादी प्रेस संगठनका अध्यक्ष अनिल पोखरेल, प्रेस चौतारीका अध्यक्ष डम्बर राई, प्रेस मंचका अध्यक्ष भुषण सिह, प्रेस सेन्टरका अध्यक्ष दिनानाथ यादव, नेपाली काँग्रेस सप्तरीका सभापती रामदेव साह, जसपा नेपालका अध्यक्ष केदार यादव, जनमत पार्टीका जिल्ला इन्र्चाज राम गमन साह लगातले पनि नवनिर्वाचित समितीलाई सफलताको शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ