News Category 2081/09/18
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा नवनिर्वाचितलाई सम्मान
दैनिक समाचारदाता
राजविराज, १८ पुस ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र राजविराजले हालै सम्पन्न नेपाल पत्रकार महसंघको निर्वाचनमा निर्वाचित तीनै तहका पदाधीकारीलाई सम्मान गरेको छ ।
विहीवार एक कार्यक्रमको आयोजना गरी सप्तरीबाट जिल्ला कार्य समिति, प्रदेश समिती र केन्द्रिय समितिमा नवनिर्वाचित पदाधीकारीहरुलाई सम्मान गरेको हो ।
केन्द्रकी प्रमुख संचालिका भगवती दिदीको अध्यक्षता तथा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाको प्रमुख अतिथ्यमा आयोजित समारोहमा नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामनासहित सम्मान गरिएको छ ।
सो अवसरमा केन्द्रकी प्रमुख संचालिका भगवती दिदीले पत्रकार समाजको ऐना भएको भन्दै समाजलाई सुन्दर रुप दिन पत्रकार स्वच्छ, सफा र इमान्दार हुनु जरुरी रहेको बताईन । सुरक्षित र मर्यादित समाज निर्माणका लागी धर्म सँगै ज्ञान उत्तिकै जरुरी रहेको भन्दै उनले नागरिकलाई सचेतना फैलाउने मामिलामा पनि कलम चलाउन संचारकर्मीहरुसँग आग्रह गरिन ।
कार्यक्रममा नवनिर्वाचित जिल्ला अध्यक्ष श्रवण कुमार देव, केन्द्रीय सदस्य ललिता सह, प्रदेश समितीका उपाध्यक्ष अम्बिका दाहाल, केन्द्रीय परिषद सदस्यद्वय मनोज कुमार माझी, सतिष दत्तसहित सम्पूर्ण जिल्ला कार्या समितिका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा केन्द्रका मिडिया प्रभारी दिनानाथ यादव, प्रवचनकर्ता मधुसुधन देव लगायतले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको गतिविधीबारे जानकारीसहित नवनिर्वाचित पदाधीकारीलाई शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ