News Category 2081/09/20
सहकारीमा राजनीति बन्द गरौं ः प्रदेशसभा सदस्य यादव
सहकारीमा राजनीति बन्द गरौं ः प्रदेशसभा सदस्य यादव
३४ हजार मध्ये १४८ वटा सहकारी समस्याग्रस्त ः अध्यक्ष दत्त
मिडियामार्फत प्रचारबाजी गरेकै भरमा सहकारीलाई दोषि ठह्¥याउने काम भइरहेको छ ः बैंक संयोजक मण्डल
दैनिक समाचारदाता
राजविराज, २० पुस ।
मधेश प्रदेशसभा सदस्य महेश प्रसाद यादवले सहकारीमा भइरहेको राजनीतिले सम्पूर्ण सहकारी क्षेत्रलाई निरुत्साहित गर्ने काम भइरहेको आरोप लगाएका छन् ।
राजविराजस्थित जनमुखी बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार सम्पन्न २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
पूर्व मन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य यादवले राज्य गरिब जनताहरुको आवश्यकता पुरा गर्न नसकेको बेला सहकारीले उनीहरुको आवश्यकता पुरा गर्न अहम भूमिका निर्वाह गरेको भन्दै त्यही सहकारी बिरुद्ध हाल राजनीतिकरण हुँदै निकै टिकाटिप्पणी भइरहेकोले यस्ता गलत प्रचार बन्द गर्नु पर्ने बताए ।
सही मनसायले काम गर्ने सहकारीलाई प्रोत्साहन तथा गलत नियतले सहकारीका सदस्यहरुलाई ठग्ने प्रवृतीका सहकारी तथा त्यसका संचालकहरु कानुनले नछोड्ने बताउँदै नेता यादवले हालै ल्याइएको सहकारी अध्यादेश सहकारीकर्मीहरुसँग सल्लाह गरेर सरकारले ल्याएको भए अझ प्रभावकारी हुने जिकिर समेत गरे ।
सोही सभामा विशिष्ट अतिथिको आसन्नबाट राष्ट्रिय सहकारी बैंकका संचालक तथा मधेश प्रदेशका संयोजक विश्वनाथ मण्डलले सहकारी संस्थाहरुलाई राज्यबाटै उपेक्षित गरिएको आरोप लगाए । उनले भने, “सहकारीहरुले गरेको सकारात्मक कामलाई ढाकछोप गर्ने अनि केही सहकारीबाट गरिएको नकारात्मक कामलाई मिडियामार्फत प्रचारबाजी गरेकै भरमा राज्यले पनि उसैलाई दोषि ठह्¥याउने काम गरेको छ ।”
उनले सहकारी संस्थाहरुले समाज परिवर्तनका कामहरु गरेका छन् तर, ती कामहरुबारे जनता सामु ल्याउन संचारकर्मीहरुलाई आग्रह गर्दै सहकारीप्रति हुने सबै खाले भेद्भाव समेत अन्त्य तथा बदनियतपूर्ण तरिकारले सहकारीप्रतिको गलत प्रचारलाई निरुत्साहित गर्न सहकारीकर्मी एकजुट हुनुपर्नेमा जोड दिए ।
जिल्ला सहकारी संघ सप्तरीका अध्यक्ष बिनोद दत्तले अहिलेको समयका सहकारीहरु संकटमा रहेकाले सबै सहकारीकर्मी एकजुट भएर अगाडी बढ्नु पर्नेमा जोड दिए । उनले भने, “मुलुकभर ३४ हजार सहकारी संस्थाहरु छन्, त्यसमध्ये १ सय ४८ वटा सहकारीहरु समस्याग्रस्त छन्, हजारौंको संख्यामा रहेका सहकारी मध्ये एक दुई वटाले गरेको नकारात्मक कार्यले सबै सहकारीलाई दोषि भन्न मिल्छ ?” भन्ने प्रश्न गरे । शेयर सदस्यहरुले जम्मा गरेको रकम लिएर संचालकहरु भागेका छन् भन्ने उनीहरुलाई कारवाहीका लागि सहकारी संघ पछि नहट्ने प्रतिबद्धता समेत व्यक्त गरे । यदी ती संचालकलाई राज्यले कारवाही गर्न सकेन भने त्यसको असर अन्य सहकारीमा समेत पर्ने उनको भनाई थियो ।
संस्थाका अध्यक्ष सचिन्द्र दासको अध्यक्षतामा सम्पन्न सभामा अध्यक्षीय प्रतिवेदन तथा लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रस्तुत प्रतिवेदनमा चालु आ.ब.मा संस्थाले बहुउद्देश्यीय व्यवसायीक कृषि फर्म संचालनतर्फ ९ वटा माछा पोखरी निर्माण गरि व्यवसायिक माछा पालन संचालनमा रहेको र आधुनिक तरीकाले व्यवसायिक कृषि उत्पादन गर्न थप योजना संचालन गर्ने प्रक्रिया जारि रहेको उल्लेख छ ।
संस्थाहरु शेयर सदस्यहरुको सहभागिता रहेको सभामा पत्रकार नवीनकुमार गुप्ता, संस्थाका उपाध्यक्ष देवनारायण चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ