News Category 2081/09/21
३० रुपैया जरिवाना तोकिएका एक महिलासहित तीन फरार प्रतिवादी पक्राउ
दैनिक समाचारदाता
राजविराज, २१ पुस ।
सप्तरी प्रहरीले आइतवार एक महिलासहित तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटेको प्रहरी टोलीले अदालतबाट विभिन्न मुदामा फैसला भई कैद तथा जरिवाना भुक्तानी बाँकी रहेका तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका मध्ये किर्ते जालसाजीका २ तथा जालसाजिका १ गरी तीन घटनामा सप्तरी जिल्ला अदालतद्वारा १०÷१० रुपैयाँ दरले ३० रुपैयाँ जरिवाना गरिएको सप्तरीको तिरहुत गाउँपालिका ३ की ४५ वर्षिया सयुक्ता देवी देव पनि रहेको प्रहरीले जनाएको छ ।
बि.स.२०७३ असार १९ गते सप्तरी जिल्ला अदालतले देवलाई किर्ते जालसाजीका २ र जालसाजीका एक गरी तीन वटा घटनामा संलग्न रहेको आरोपमा उक्त जरिवाना ठहर हुने फैसला गरेको थियो ।
यस्तै कुटपिट र लुटपिट मुद्दाका सोही पालिकाको वडा २ का महेन्द्र सदा र शम्भुनाथ नगरपालिका १ का लेनदेन मुद्दाका फरार प्रतिवादी महेन्द्र सदा पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी उपपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
उनीहरुबाट ६ महिना कैद र १ सय ५५ रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ