News Category 2081/09/21
रकम दोब्बर गरदिने भन्दै ठगी गरेको आरोपमा हनुमानी पक्राउ
दैनिक समाचारदाता
राजविराज, २१ पुस ।
रकम दोब्बर गरिदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ६ निवासी हनुमानी नामले चिनिने ४२ वर्षिय राम बहादुर रजक छन् ।
उनीमाथि गाउँ र आसपासका दर्जनौ व्यक्तिसँग रकम दोब्बर पारिदिने भन्दै रकम लिएर ठगी गरेको प्रहरीको आरोप छ ।
प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले लामो समयदेखि जिल्लामा रकम दोब्बर पारिदिने भन्दै रजकले ठगी गरिरहेको गुनासो आउन थालेपछि पीडित पक्षबाट उजुरी परेको जानकारी दिएका छन् ।
पछिल्लो पटक पीडितले जिल्ला प्रहरी कार्यालयमा उनीसहित केही व्यक्ति विरुद्ध किटानी जाहेरी नै दिएका थिए । त्यसपछि ठगी मुद्दामा सप्तरी जिल्ला अदालतबाट पक्राउ अनुमती लिई उनलाई गाउँबाटै नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
यद्यपी सोमवार अदालतमा म्याद थप पश्चात् पत्रकार सम्मेलन मार्फत सोबारे विस्तृत जानकारी गराउने सप्तरी प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/09/23 छाडा पशुचौपाया नियन्त्रणमा लिँदै नगरपालिका
- 2081/09/23 सहकारी ठगीका आरोप लागेका तातेड ६ महिनापछि रिहा
- 2081/09/23 दुई सय ५० अति विपन्न परिवारलाई जाडो छल्न ऊनी कम्बल प्रदान
- 2081/09/22 विवाह अगावै बच्चा जन्माएकी किशोरीको विचल्ली, न्यायका लागि आग्रह
- 2081/09/22 रकम दोब्बर पारिदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हनुमानीलाई प्रहरीले ग¥यो सार्वजनिक
- 2081/09/22 डाक्नेश्वरी नगरपालिकाका नवनिर्वाचित वडाअध्यक्षसहित दुई जना कारागार चलान
- 2081/09/22 अख्तियारमा सप्तरीबाट ८ सय ४७ उजुरी
- 2081/09/21 रकम दोब्बर गरदिने भन्दै ठगी गरेको आरोपमा हनुमानी पक्राउ
- 2081/09/21 ३० रुपैया जरिवाना तोकिएका एक महिलासहित तीन फरार प्रतिवादी पक्राउ
- 2081/09/20 सहकारीमा राजनीति बन्द गरौं ः प्रदेशसभा सदस्य यादव
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ