News Category 2081/09/22
डाक्नेश्वरी नगरपालिकाका नवनिर्वाचित वडाअध्यक्षसहित दुई जना कारागार चलान
दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. १ का नवनिर्वाचित वडाअध्यक्ष धीरेन्द्रकुमार साहसहित दुई जना सोमबार पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
थुनछेक बहस सकिएपछि सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपक धितालको एकल इजलासले उनीहरु कारागार चलान भएका हुन् । उनीसँगै सोही वडाका शिक्षक राजनारायण साह पनि पूर्पक्षका लागि कारागार चलान भएका हुन् ।
नवनिर्वाचित वडाअध्यक्ष तथा शिक्षक राजनारायण साहसहित ६ जनाबिरुद्ध दुई वटा मुद्दा दर्ता भएको थियो । उनीहरूबिरुद्ध जर्वजस्तीकरणी गरी कर्तव्य ज्यान गरेको र अपहरण गरी व्यक्ति वेपत्ता गरेको कसुर सम्बन्धी दुई वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
नवनिर्वाचित वडा अध्यक्ष साह गत मंसिर २० गते पदभार ग्रहण कार्यक्रममा शरीक हुन गएका बेला पक्राउ परेका थिए ।
बि.स. २०७९ फागुन महिनामा डाक्नेश्वरी नगरपालिका १ का सन्तोषीलाई बलात्कार गरी हत्या गरेको देखेपछि उनका भाइ १३ वर्षका नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको आरोप उनीहरुमाथी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/20 सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
- 2082/09/18 वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
- 2082/09/18 जगन्नाथ रथयात्राको तयारी पुरा
- 2082/09/18 कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति
- 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
- 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
- 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ