News Category 2081/09/22
विवाह अगावै बच्चा जन्माएकी किशोरीको विचल्ली, न्यायका लागि आग्रह
दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ हाटीकी १५ वर्षिया एक किशोरी विच्चलीमा परेकी छिन ।
छिमेकी एक युवासँग प्रेममा परेकी सन्तोषी कुमारी मण्डल गर्भवती भएपछि प्रेमी नै फरार भएका कारण विचल्लीमा परेकी हुन ।
नेपाल पत्रकार महासंघ सप्तरीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरि सन्तोषी र उनका आमा बुबाले न्यायका लागि अपिल गरेका छन ।
विहेको प्रलोभन देखाई छिमेकी २२ वर्षिय प्रमोद कुमार मण्डलले पटक÷पटक शारिरीक सम्बन्ध कायम गरी गर्भवती बनाएर फरार भएपछी उनी न्याय खोज्दै बुवा आमासहित सदरमुकाम राजविराज आईपुगेका हुन ।
एक वर्ष पुरानो घटनाको जिल्लामा कतै कुनै सुनवाई नभएपछि न्याय खोज्दै राजविराज आईपुगेका मण्डल परिवारले गर्भ नफालेकी संतोषीलाई अब बच्चालाई कसरी हुर्काउने भन्ने चिन्ताले थप पीडा भएका बताए ।
स्थानीय प्रमोदले आफुलाई गर्भवती बनाएर फरार भएको बताउँदै सन्तोषीले शुरुमा विहे गर्छु भन्दै शारिरीक सम्बन्ध बनाएको तर पछि गएर गर्भ वसेपछि प्रमोद अचानक सम्र्पक विहीन भएको बताइन् ।
घटना सार्वजनिक भएपछी गाउँमा पटक÷पटक समाजका अगुवाले दवाव बनाएर फरार केटाका आमा बुआलाई घरमा राख्न लगाएको तर १५ दिन नवित्दै छोरीलाई घर निकाला गरिदिएको पत्रकार सम्मेलनमा आमा शियावतीले बताईन । बुवा जगतका अनुसार सूरुमा प्रमोदलाई बाहिर पठाई लुकाइएको र त्यसपछी उनका परिवारले छोरीलाई ३÷४ लाख रुपैया दिने सम्मको प्रलोभन दिदै गर्भ फाल्न दवाब दिने प्रयास गरेको बताए ।
तर छोरीले विवाह गर्ने बाचा गरेका कारण गर्भ नफाल्ने र प्रमोद संगै विहे गर्ने अडान राखेका कारण घर निकालामा परेको बुवा जगतले सुनाए ।
गरिब परिवारकी संतोषी प्रमोद कै घरमा भाडावर्तन माझ्ने (नोकरानी) को काम गर्थिन । सोही वेला प्रमोदले विहेको प्रलोभन देखाई पटक पटक शारिरीक सम्बन्ध कायम गरेको संतोषीले सुनाईन ।
प्रेमको नाममा धोखा दिने प्रमोद माथी उनी छिन्नमस्ता प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयमा २०८० माघ ३ गते जाहेरी समेत दिइसकेकी छिन । तर प्रहरीले अहिले सम्म प्रमोदलाई पक्राउ गर्न सकेको छैन ।
पीडित सन्तोषी तथा उनका आमा बुवाले प्रमोदलाइ पक्राउ गरेर कारवाही गर्नु भन्दा पनि उनी संगै सुरक्षित साथ श्रीमान श्रीमतीको रुपमा वस्ने वातावरण बनाई दिनु पर्ने माग गरेका छन । पत्रकार सम्मेलनमा संतोषीकी बृद्ध आमा बुवाले छोरीले न्याय न पाए पुरै परिवार आत्मदाह गर्न बाध्य हुने जनाएका छन ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले संतोषीलाई गर्भवती बनाएर फरार रहेका प्रमोद उपर २०८० साल मै जबरजस्ती करणी मुद्दा दर्ता गरी कारवाही प्रकृया अघि बढाएको बताए । उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ