News Category 2081/09/25
भन्सार छलि ल्याउँदै गरेको छालाको बुटसहित जाडोको कपडा बरामद
दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
भारतबाट अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी नेपाल भित्राउँदै गरेको छालाको बुट प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी झुट्की सप्तरीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा ५५ हजार ५ सय मुल्य पर्ने ३७ वटा छालको बुट सोमबार बरामद गरेको हो ।
गस्ती टोलीलाई देख्ने वित्तिकै टाउकोमा रहेको बोरा फ्याली मानिसहरु फरार भएकोमा उक्त बोरा खोली चेकजाँच गर्दा सो बोरा भित्र छालाको बुट बरामद भएको थियो ।
यस्तै प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी मोटरसाईकल नम्बर नखुलेको मोटरसाईकलबाट ८२ हजार मुल्य पर्ने मिठा मधु नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी झुट्की सप्तरीबाट खटिएको प्रहरी टोलीलाई देख्ने बित्तिकै मोटरसाइकलमा लोड गरि ल्याउदै गरिएको बोराहरु छोडी मानिसहरु फरार भएका थिए । बोराहरु चेकजाँच गर्दा सो बोरा भित्र अंगुरी मिठा मधु फेला परेको प्रहरीले जनाएको छ ।
यसैगरि प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी ल्याउँदै गरेको ६४ हजार ४ सय ५० रुँपैया बराबरको जाडोका कपडाहरु नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय हनुमाननगरको गस्ती टोलीले उक्त कपडाहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता बरामद बुट, मिठा मधु र कपडा समेतलाई प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/18 वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
- 2082/09/18 जगन्नाथ रथयात्राको तयारी पुरा
- 2082/09/18 कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति
- 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
- 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
- 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ