News Category 2081/09/25
साहुको रकम पचाउने नियतले लुटपाटको नाटक रचेका चालक पक्राउ

दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
साहुले कुखुरा किन्न दिएको रकम पचाउने बदनियतले लुटपाट भएको नाटक रच्ने एक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
दुई दिनअघि सप्तरीको राजविराज–रुपनी सडक खण्डमा बोलेरो गाडीबाट रकम लुटिएको भनी प्रहरीलाई झुठो सूचना दिएका विरगन्ज महानगरपालिका वडा नं. २१ परवानीपुर बस्ने २६ वर्षिय समसोदिन आलम पक्राउ परेका हुन् ।
बिरगन्जबाट साहु राज कुमार साहले राजविराज पुगि कुखुरा किन्न दिएको ३ लाख ८० हजार रुँपैया बाटोमै लुटिएको भन्दै चालक आलमले झुठो अफवाहा फैलाएको प्रहरीले जनाएको छ । उनले प्रहरी र आफ्ना साहुसमेतलाई राजविराज–रुपनी सडक खण्डमा दुई वटा मोटरसाइकलमा सवार चार जना अपरिचित व्यक्तिले पेस्तोल देखाउँदै उक्त रकम लुटेको जानकारी गराएका थिए ।
उक्त घटना बारे खबर पाए लगत्तै प्रहरी घटनास्थलमा पुगि सो बारे सुक्ष्म अनुसन्धान सुरु गरेको थियो । तर, उक्त घटनाबारे प्रहरीले घटनास्थलमा पुगि अनुसन्धान गर्दा त्यस्तो कुनै घटना नभएको निस्कर्ष निकालेको थियो ।
त्यसपश्चात् प्रहरीले उक्त गाडीका सहचालक बाराको कलैया उपमहानगरपालिका ७ बस्ने २४ वर्षिय अमिर श्रेष्ठलाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो । बोल्न र सुन्न नसक्ने सहचालक श्रेष्ठलाई सोधपुछ गर्दा उनले इसारा मार्फत प्रहरीलाई चालक आलमले नै उक्त रकम घरमा राखेको जानकारी दिएका थिए ।
सहचालक श्रेष्ठको बयानपछि प्रहरीले चालक समसोदिन आलमललाई पनि नियन्त्रणमा लिई छानबिन गर्दा उक्त रकम लुटिएको नभई आलमले घरमा लुकाई राखेको खुल्न आएपछि लुटिएको भनिएको उक्त रकम आलमको घरबाट बरामद समेत गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका आलम उपर ठगी, अपराधिक विश्वासघात गरी झुठ्ठा अफवाह फैलाएको कसुरमा बुधबार नै सप्तरी जिल्ला अदालतबाट दुई दिनको म्याद थप गरि थपअनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ