News Category 2081/09/25
काँग्रेस र एमाले मिलेर लोकतन्त्रलाई कमिशनतन्त्रमा परिणत ग¥यो ः उपेन्द्र यादव
                
            
दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
    जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई ठूला दल काँग्रेस र एमाले मिलेर लोकतन्त्रलाई कमिशनतन्त्रमा परिणत गरेको आरोप लगाएका छन् । 
    जनतासँग जसपा नेपाल आधारभुत संगठन निर्माण अभियान अन्तरगत बिहीबार सप्तरीको विष्णुपुर गाउँपालिकाको परसाहीमा क्षेत्र नं. २ र ३ को संयुक्त अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो आरोप लगाएका हुन् । 
    देशमा ३५ वर्ष भन्दा बढी शासन गरेका काँग्रेस र कम्युनिष्टले मुलुकलाई काण्डै काण्डमा फसाएर बर्बाद पारेको उनले दोषारोपण समेत गरे । 
    मुलुकमा नाम चलेका सबै उद्योगधन्दा र कलकारखानाहरु बन्द हुनु यसको एउटा उदाहरण भएको बताउँदै अध्यक्ष यादवले संवैधानिक नियुक्तिदेखी विभिन्न विश्वविद्यालयहरुमा भएको नियुक्तिमा कमिशन र खरीद बिक्रिको खेल चलेको दाबीका साथ उनले भुटानी शरणार्थी, वाइडबडी, सहकारी, एनसेल, ललिता निवास लगायतका ठूला काण्ड गर्नमा काँग्रेस कम्युनिष्ट नेतृत्व सरकारकै हात रहेको जिकिर गरे ।
    वर्तमान सरकार जनताका लागि काम गर्न नभई आफूले गरेका भ्रष्टाचार लुकाउन बनेको जिकिरका साथ उनले दुई ठूला दल मिलेर सरकार बनाएको उदाहरण विश्वमा कतै नरहेको बताए । सप्तरी निर्वाचन क्षेत्र नं. ३ का अध्यक्ष कमलदेव यादवको अध्यक्षता आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, केन्द्रिय सचिव शैलेन्द्र प्रसाद साह, पूर्व प्रदेशसांसद विदेश्वर प्रसाद यादव, केन्द्रिय सदस्य भिमराज यादव, जिल्ला अध्यक्ष केदार यादव, विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव लगायतले पनि पार्टी सुदृढीकरणको बारे आ–आफ्नो धारणा राखेका थिए । 
 
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/17 स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
 - 2082/07/16 बलात्कार मुद्दाका दोषी कारागारबाट भागेर पीडितसँगै गरे बिवाह
 - 2082/07/16 विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास
 - 2082/07/16 लालपूर्जाको माग गर्दै राजविराजवासी पुनः आन्दोलनको तयारीमा
 - 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
 - 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
 - 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
 - 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
 - 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न
 - 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै
 
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
 - 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
 - 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
 - 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
 - 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ