News Category 2081/09/26
सशस्त्र प्रहरीको न्यानो बाँड्ने अभियान शुरु
दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
चिसोले जनजीवन कष्टकर बन्दै गएका बेला सशस्त्र प्रहरी बल नं. ६ गण हेडक्वाटर सप्तरीले चिसोबाट अत्यधिक प्रभावित भएका विपन्न वस्तीमा पुगेर न्यानो बाँड्ने अभियान शुरु गरेको छ ।
सशस्त्र प्रहरीले जिल्लाको डाक्नेश्वरी नगरपालिका, बोदेवर्साइन नगरपालिका, सप्तकोशी नगरपालिकाका साथै तिलाठी कोइलाडी गाउँपालिका, विष्णुपुर गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, बलान विहुल गाउँपालिका लगायतका विभिन्न चौक र विपन्न वस्ती मै पुगेर न्यानो कपडा र कम्बल वितरण गर्नुका साथै ठाउँ ठाउँमा दाउरा बालेर आगो ताप्ने व्यवस्था समेत मिलाउन थालेको हो ।
जाडोका कारण कष्टप्रद जीवनयापन गर्न बाध्य सर्वसाधारणलाई थोरै भएपनि न्यानो पार्ने उद्देश्यले ठाउँ ठाउँमा आगो ताप्ने ब्यवस्था मिलाउनुका साथै न्यानो लुगा वितरण गर्न थालिएको सशस्त्र प्रहरी उपरिक्षक ज्ञानमणी पौड्यालले बताए ।
सप्तरीमा प्रत्येक वर्ष जाडोको मौसम गरिब र विपन्न समुदायका लागी ठुलो काल बनेर आउने गरेको छ । यस्तो अवस्थामा विपन्न समुदायको पीडामा मलहम लगाउने प्रयास गरिएको सशस्त्र प्रहरी बल नं. ६ गण हेडक्वाटर सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ