News Category 2081/09/27
समयमा ऋण चुक्ता नगर्दा बचतकर्तालाई भुक्तानी दिन कठिनाई ः अध्यक्ष चौधरी
दैनिक समाचारदाता
राजविराज, २७ पुस ।
प्रभु बचत तथा ऋण सहकारी संस्था राजविराजले शनिवार १३ औं बार्षिक साधाराणसभा सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ सप्तरीका अध्यक्ष भगवानी प्रसाद चौधरीले ऋणीहरुले समयमा ऋण चुक्ता नगर्दा बचतकर्तालाई भुक्तानी दिन कठिनाई हुने गरेको बताएका छन् ।
उनले ऋण लगानीको रकम समयमा फिर्ता नहुँदा बचतकर्ताको रकम चुक्तामा ढिलाई हुने गरेको कारण सहकारी प्रति जनमानसमा एक किसिमको नाकारात्मक धारणा फैलिएको बताए ।
‘ऋण नदिए सहकारीमा तरलता आउँछ तर, ऋण लगानी गर्दा जोखिम छ’ यो सत्य पनि सबैलाई बुझ्न आग्रह गरे । आम सर्वसाधारणमा सहकारी प्रति फैलिएको नकारात्म धारणालाई चिर्न सहकारी संस्थाहरु पारदर्शि हुनु आवश्यक रहेको प्रमुख अतिथि चौधरीले बताए ।
बार्षिक साधारणसभाको सफलताको शुभकामना दिदै केही सहकारीले गडबड गर्दैमाा सबै सहकारी प्रति त्यस्तै हुन्छ भन्ने किसिमकको धारणा नबनाउन उनले सबै संग आग्रह गरे । ‘सहकारी एउटा सामाजिक संस्था हो । यो कुनै बैंक वा लघुवित्त संस्था होईन’ उनले भने ।
संस्थाका अध्यक्ष सर्फराज अंसारीको अध्यक्षातामा आयोजित कार्यक्रमा विशिष्ठ अतिथि राष्ट्रिय सहकारी बैंक लिमिटेड राजविराज शाखाका प्रमुख विरबल राजवंशी, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष नवीन कुमार गुप्ता, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कर्ण लगायतकाले आम जनमानसमा सहकारी प्रति रहेको नकारात्मक धारणा लाई चिर्न समुदायमा आधारित कामहरु गर्न सुझाव दिदै साधारणसभाको सफलताको शुभकामना दिएका थिए ।
यसैबीच संस्थाले बार्षिक साधारणसभाको अवसरमा वरिष्ठ संचालक लक्ष्मण यादव, संस्थाका कर्मचारी मनु कुमार चौधरीलाई सम्मान समेत गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ