News Category 2081/09/28
सरकारको कार्यशैलीका बारेमा कलम चलाउन संचारकर्मीहरुलाई मन्त्री लेखीको आग्रह
दैनिक समाचारदाता
राजविराज, २८ पुस ।
मधेश प्रदेश सरकारका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीले तीनै तहका सरकारको कार्यशैलीका बारेमा स्वच्छ रुपमा कलम चलाउन संचारकर्मीहरुलाई आग्रह गरेका छन् ।
सप्तरीको सप्तकोशी नगरपालिकाको फत्तेपुरमा आइतबार आयोजित प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा भाग लिएर फर्किएपछि राजविराजमा पत्रकार सम्मेलन मार्फत यस्तो आग्रह गरेका हुन् ।
संघीयताकै कारण मुलुकमा विकासीय काम तिब्रगतिमा अघि बढेको दाबीका साथ उनले यसलाई खारेज हुनु पर्ने भनी कुनै कुनै कोणबाट कुरा उठ्नु पश्चगामी सोच रहेको बताए । नयाँ संविधानमा ग्यारेन्टी भएको संघीयता खारेज हुँदा संविधान नै धरापमा पर्ने बताउँदै उनले यस्ता कुरामा संचारजगतले पनि विचार पु¥याउनु पर्नेमा जोड दिए ।
मुलुकमा आएको ऐतिहासिक परिवर्तनका पछाडी प्रेस जगतको ठूलो भूमिका रहेको बताउँदै उनले संघीयता, समावेशीता, गणतन्त्र जस्ता उपलब्धीलाई बचाएर राख्न प्रेसको पनि जिम्मेवारी रहेको जिकिर गरे ।
“सही र सत्यतथ्यमा आधारित भएर पत्रकारले सरकारबाट हुने गलत काममा बारेमा पनि लेख्न हिचकिचाउनु हुदैन्, उनले भने, यसले सरकारलाई सचिएर काम गर्न सुझाव मिल्दछ ।”
प्रदेशमा खुल्ला सीमाका कारण लागु औषधको कारोबार, तस्करी लगायतका अपराधिक घटनालाई मध्यनजर गरि सुरक्षा समन्वय समितिको बैठकमा बृहत छलफल भएको उनले जानकारी दिए ।
मन्त्री लेखीका साथमा प्रदेश नीति आयोगका सदस्य डा. शिला मिश्रा, नेपाल प्रहरीका डिआइजी लालमणि आचार्य, सशस्त्र प्रहरीका डिआइजी कालिदास धौजी श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका निर्देशक माधव तिमिल्सिना समेत आएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ