News Category 2081/09/28
सरकारको कार्यशैलीका बारेमा कलम चलाउन संचारकर्मीहरुलाई मन्त्री लेखीको आग्रह
दैनिक समाचारदाता
राजविराज, २८ पुस ।
मधेश प्रदेश सरकारका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीले तीनै तहका सरकारको कार्यशैलीका बारेमा स्वच्छ रुपमा कलम चलाउन संचारकर्मीहरुलाई आग्रह गरेका छन् ।
सप्तरीको सप्तकोशी नगरपालिकाको फत्तेपुरमा आइतबार आयोजित प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा भाग लिएर फर्किएपछि राजविराजमा पत्रकार सम्मेलन मार्फत यस्तो आग्रह गरेका हुन् ।
संघीयताकै कारण मुलुकमा विकासीय काम तिब्रगतिमा अघि बढेको दाबीका साथ उनले यसलाई खारेज हुनु पर्ने भनी कुनै कुनै कोणबाट कुरा उठ्नु पश्चगामी सोच रहेको बताए । नयाँ संविधानमा ग्यारेन्टी भएको संघीयता खारेज हुँदा संविधान नै धरापमा पर्ने बताउँदै उनले यस्ता कुरामा संचारजगतले पनि विचार पु¥याउनु पर्नेमा जोड दिए ।
मुलुकमा आएको ऐतिहासिक परिवर्तनका पछाडी प्रेस जगतको ठूलो भूमिका रहेको बताउँदै उनले संघीयता, समावेशीता, गणतन्त्र जस्ता उपलब्धीलाई बचाएर राख्न प्रेसको पनि जिम्मेवारी रहेको जिकिर गरे ।
“सही र सत्यतथ्यमा आधारित भएर पत्रकारले सरकारबाट हुने गलत काममा बारेमा पनि लेख्न हिचकिचाउनु हुदैन्, उनले भने, यसले सरकारलाई सचिएर काम गर्न सुझाव मिल्दछ ।”
प्रदेशमा खुल्ला सीमाका कारण लागु औषधको कारोबार, तस्करी लगायतका अपराधिक घटनालाई मध्यनजर गरि सुरक्षा समन्वय समितिको बैठकमा बृहत छलफल भएको उनले जानकारी दिए ।
मन्त्री लेखीका साथमा प्रदेश नीति आयोगका सदस्य डा. शिला मिश्रा, नेपाल प्रहरीका डिआइजी लालमणि आचार्य, सशस्त्र प्रहरीका डिआइजी कालिदास धौजी श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका निर्देशक माधव तिमिल्सिना समेत आएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ