News Category 2081/09/29
पुसी पूर्णिमामा पूजापाठ र स्नान गर्ने भक्तजनको घँुइचो
दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
पुसी पुर्णिमाको अवसरमा सप्तकोशी लगायत विभिन्न नदी जलाशयहरुमा सोमबार हजारौ श्रद्धालुहरुले स्नान गरेका छन् । पुसी पुर्णिमाको अवसरमा सोमबार सप्तरीका आधा दर्जन भन्दा बढी पालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।
सुनसरी र सप्तरीको सिमामा पर्ने सप्तकोशी नदीमा श्रद्धालु भक्तजनको सर्वाधिक भीड देखियो । यहाँ एक दिने पूर्णिमा मेला समेत लागेको छ ।
पूर्णिमाका दिन नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति हुने धार्मिक मान्यता रहेकाले अत्याधिक चिसोका वावजुद सप्तकोशी नदीमा (डुबुल्की) स्नान गर्न ५० हजार भन्दा बढी श्रद्धालु भक्तजन पुगेको हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख विरेन्द्र माझीले बताए ।
सप्तकोशी नदीमा पूर्णिमा स्नानका लागि सुनसरी र सप्तरीका मात्र होइन । छिमेकी राष्ट्र भारतको भिमनगर, विरपुर, सिम्राही, कर्जाईन, फारबिसगन्ज, सहर्षासम्मका वृद्धवृद्धा, बालबालिका तथा महिला पुरुषको भिड लागेको स्थानीयवासी गंगा साहले बताए । यहाँ लाग्ने एक दिने मेलालाई कृषि मेलाको रुपमा समेत चिनिदै आएको छ । मेलामा कृषि औजारहरुका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्तनिर्मित सामाग्रीहरुको खरीद बिक्रीका लागि समेत महत्वपूर्ण मानिन्छ ।
यस्तै जिल्लाको सप्तकोशी नगरपालिकाको ओद्रहास्थित मेग्जिन चुरिया, कंचनरुप नगरपालिकाको मलकोर र झनकट्टा नदी किनारमा समेत ठूलो संख्यामा भक्तजनले पूजापाठ र स्नान गरेको स्थानीयले जानकारी दिएका छन् ।
यस अवसरमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका, कंचनरुप नगरपालिका, राजविराज नगरपालिका, महादेवा गाउँपालिका, सप्तकोशी नगरपालिका, तिरहुत गाउँपालिका, छिन्नमस्ता गाउँपालिका लगायत आधा दर्जन भन्दा बढी पालिकाले सोमबार सार्वजनिक विदा समेत दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ