News Category 2081/10/03
खाल्डोमा गाडिएको बालिकाको शव बाहिर भेटिएपछी ...
दैनिक समाचारदाता
राजविराज, ३ माघ ।
राजविराज नगरपालिका वडा नं. १५ देउरी भरुवा टोलस्थित खाँडो नदीमा बिहीबार बिहान एक दुई वर्षिया बालिकाको शव क्षतविक्षत अवस्थामा भेटिएको छ ।
प्रहरीका अनुसार तीन दिन अघि डुबेर मृत्यु भएको बालिकाको गाडीएको शव क्षतविक्षत अवस्थामा भेटिएको हो ।
घटना स्थलमा पुगेर प्रहरीले अनुसन्धान गर्दा तीन दिन अघि पुस २९ गते सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकका ५ कोइलाडी बर्साइनमा पोखरीमा डुबेर मृत्यु भएकी दुई वर्षिया साक्षी मण्डलको शव रहेको पत्ता लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका घर भई तिलाठी कोइलाडी गाउँपालिकास्थित मामा घर आएकी बेला ती बालिका साथीहरुसँग खेल्ने क्रममा अचानक खुट्टा चिप्लिएर पोखरीमा डुबेकी थिइन । उपचारका लागी अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको थियो ।
पोस्टमार्टम पश्चात उनका आफन्तजनले उक्त टोल नजिकै रहेको खाँडो खोलाको किनारमा शव गाडेका थिए । तर गहिरो खाडल नखनी गाडेपछि स्याल र कुकुर लगायतका जनावरले शव बाहिर निकालेको प्रहरीको भनाई छ ।
शरीरका कतिपय अंग जनावरले खाईसकेको अवस्थामा फेला परेको र सो शव तीन दिन अघि डुबेर मृत्यु भएकी साक्षी कै हो भनी पुष्टी भईसकेपछी पुनः सोही स्थानमा गहिरो खाडल खनेर अन्त्येष्टी गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ