News Category 2081/10/04
सहिदका परिवारका लागि गर्नुपर्ने काममा राज्य चुकेको छ ः प्रदेशसभा सदस्य
दैनिक समाचारदाता
जनकपुरधाम, ४ माघ ।
राज्यले सहिदको सम्मानमा सहिद परिवारलाई निशुल्क शिक्षा, स्वास्थ्य उपचार र जीवनयापनको लागि रोजगारीको ग्यारेन्टी गर्नु पर्नेमा मधेश प्रदेशसभा सदस्यहरुले जोड दिएका छन् ।
सातौं वलिदानी दिवसको अवसर पारेर मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जनकपुरधाममा शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रदेशसभा सदस्यहरुले यस्तो जोड दिएका हुन् ।
माघ ५ गते मधेश प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आइरहेको छ । प्रदेश सभा सदस्यहरुले सहिदहरुको वलिदानीकै कारण देशमा संघिय लोकतान्त्रिक गणतन्त्रातमक व्यवस्था आएको भएपनि सहिद र सहिदका परिवारका लागि गर्नुपर्ने काममा राज्य चुकेको आरोप समेत लगाएका छन् ।
नेपाली काँग्रेस संसदीय दल मधेश प्रदेशका प्रमुख सचेतक कुमरकान्त झाले सहिद परिवारलाई राहतको रुपमा केही रुपियाँमा गाइ भैँसी दिएर तिनीहरुको समस्या समाधान नहुने भन्दै उनीहरुको समस्या समाधानका लागि राज्यले नीति बनाएर ठोस काम गर्नु पर्नेमा बताए ।
नेकपा एमालेका प्रदेशसभा सदस्य राजेन्द्र चौधरीले सहिद परिवारको समस्या समाधानका लागि प्रदेश सरकारले सहिद प्रतिष्ठान गठन गरेपनि अधिकार सम्पन्न नभएको भन्दै प्रतिष्ठानलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिए ।
जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक रामअशिष यादवले राज्यले सहिद परिवारको परिपुरनको व्यवस्था गर्नु पर्ने भन्दै सरकारी सेवामा शहिद परिवारको लागि विशेष आरक्षणको व्यवस्था गर्नु पर्नेमा जोड दिए ।
लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेशसभा सदस्य रुपा यादवले सहिदका छोरा छोरीको उज्वल भविष्यका लागि प्रदेश सरकारले एउटा छुटै कोषको व्यवस्था गर्नु पर्नेमा जोड दिइन ।
कार्यक्रमका सहभागिहरुले २०३६ सालको आन्दोलनको क्रममा मिथिला राज्यको माग गर्दै आन्दोलनमा रहेका डा. लक्ष्मी नारायण झालाई वेपता बनाइएपछि हालसम्म उनको अवस्थावारेमा कुनै अत्तोपत्तो नभएको भन्दै प्रदेश सरकारले एउटा छुटै उच्चस्तरीय समिति गठन गरी खोजबिन गर्नुपर्ने माग गरेका छन् ।
कार्यक्रममा जसपा नेपालका बच्चा यादव अहिर, नेपाली काँग्रेसका जीवछी यादव, नेकपा एमालेका शारदा थापा, राप्रपाका कन्चन बिच्छा सहितका प्रदेशसभा सदस्यहरु र नीति आयोग मधेश प्रदेशका सदस्य डा.शिला मिश्र, रामचन्द्र यादव सहितकाले शहिद परिवारको समस्या समाधानका लागि राज्यले गर्नु पर्ने कामकाजको विषयमा आफनो धारणा राखेका थिए ।
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको अध्यक्षतामा आयोजित छलफलका क्रममा सहभागिहरुवाट आएका सुझावहरुलाई आत्मसाथ गरी मन्त्रालयले शहिदपरिवारका लागि अगामी दिनमा कार्यक्रमहरु तय गर्ने जनाइएको छ ।
मन्त्री लेखीले सहिदको सपना पुरा गर्न र सहिद परिवारको समस्या समाधानका लागि प्रयास सुरु गरेको भन्दै मन्त्रालयको एक्लो प्रयासले मात्रै सम्भव नहुने धारणा राखे । उनले थालेको प्रयासलाई सफल पार्नका लागि विभिन्न राजनीतिक दल, प्रदेशसभा सदस्य र कर्मचारीको पनि भूमिका त्यतिकै रहेको बताए ।
कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्यन्याधिवक्ता सुरेन्द्र महतोले सहिदको सपना र वर्तमान उपलब्धीको विषयमा सहभागिहरुलाई जानकारी गराएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ